७८. कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेः

Estimated reading: 1 minute 357 views

प्रत्येक पब्लिक कम्पनीले देहायका कुराहरु खुलाई प्रतिवेदन तयार गरी वार्षिक साधारण सभा हुनुभन्दा कम्तीमा एक्काइस दिनअघि कार्यालयमा पेश गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत भई कम्पनीको लेखापरीक्षकबाट प्रमाणित गरिएको हुनु पर्नेछः-

(क) बाँडफाँड भएको शेयरको संख्या,

(ख) बाँडफाँड भएको शेयरमध्ये चुक्ता भएको र नभएको शेयरको संख्या,

(ग) कम्पनीको सञ्चालक, प्रबन्ध सञ्चालक, लेखापरीक्षक, कार्यकारी प्रमृुख, प्रबन्धकको विवरण र निजहरुलाई भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,

(घ) कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत वा सोभन्दा बढी शेयर खरिद गरी लिने व्यक्ति वा संगठित संस्थाको नाम र निजहरुको नाममा रहेको शेयर वा डिबेञ्चरको विवरण,

(ङ) शेयर बिक्रीबाट प्राप्त भएको जम्मा रकम र सम्बन्धित आर्थिक वर्षमा कम्पनीले खरिद गरेको तथा जारी गरेको नयाँ शेयर तथा डिबेञ्चरको विवरण,

(च) सञ्चालक वा आधारभूत शेयरधनी वा निजका नजिकका नातेदारले कम्पनीलाई बुझाउन बाँकी रहेको रकम,

(छ) शेयर बिक्री वा अन्य कुनै काम कुरा गरेबापत दिएको वा दिनु पर्ने रकम,

(ज) बैङ्क तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तथा बुझाउन बाँकी रहेको साँवा तथा व्याजको रकम,

(झ) कम्पनीले भुक्तानी लिनु पर्ने वा कम्पनीले अन्य व्यक्तिलाई भुक्तानी गर्नु पर्ने भनी दाबी गरिएको रकम वा यस विषयमा मुद्दा मामिला चलिरहेको भए त्यसको विवरण,

(ञ) कम्पनीको व्यवस्थापनमा कार्यरत तथा अन्य स्तरका कर्मचारी वा कामदारको संख्या,

(ट) कम्पनीको व्यवस्थापनमा कार्यरत तथा अन्य स्तरमा कार्यरत विदेशीहरुको संख्या तथा निजहरुलाई भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधा,

(ठ) कम्पनी र कुनै विदेशी निकाय वा व्यक्तिहरुबीच लगानी, व्यवस्थापन वा प्राविधिक सेवा वा अन्य विषयमा एक वर्षभन्दा बढी अवधिको लागि कुनै सम्झौता गरिएको भए सोको विवरण र सम्बन्धित आर्थिक वर्षमा त्यस्तो सम्झौता अनुसार भुक्तान गरिएको लाभांश, कमिसन, शुल्क, दस्तुर र रोयल्टी आदिको विवरण,

(ड) कम्पनीको एक आर्थिक वर्षको व्यवस्थापन खर्चको विवरण,

(ढ) शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांशको रकम,

(ण) कम्पनीले यस ऐन तथा प्रचलित कानूनको पालना पूर्ण रुपमा गरेको छ भन्ने कुराको उद्घोषण,

(त) अन्य आवश्यक कुरा ।

Share this Law

७८. कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.