७७. वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरूः

Estimated reading: 0 minutes 423 views

(१) प्रत्येक पब्लिक कम्पनीको वार्षिक साधारण सभामा सञ्चालकहरूले लेखापरीक्षण भईसकेको वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन र सञ्चालकको प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(२) जम्मा मत संख्याको कम्तीमा पाँच प्रतिशत मतको प्रतिनिधित्व गर्ने शेयरधनी वा शेयरधनीहरुले चाहेमा दफा ६७ को उपदफा (२) बमोजिमको सूचना जारी हुनुभन्दा अगावै सञ्चालकहरूसमक्ष निवेदन दिई कुनै विषय वार्षिक साधारण सभामा छलफल र निर्णयका लागि पेश गर्न लगाउन सक्नेछ ।

(३) प्रत्येक पब्लिक कम्पनीले वार्षिक साधारण सभा हुनुभन्दा कम्तीमा एक्काइस दिन अगावै दफा ८४ अनुसारको वार्षिक आर्थिक विवरण, सञ्चालकको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन शेयरधनीहरूले निरिक्षण गर्न र प्राप्त गर्न सक्ने व्यवस्था मिलाई सोको जानकारीको लागि राष्ट्रियस्तरको दैनिकपत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(४) उपदफा (३) मा उल्लिखित विवरण र प्रतिवेदन आवश्यकता अनुसार विद्युतीय सञ्चार माध्यमद्वारासमेत सूचना प्रवाह गर्न सकिनेछ ।

(५) उपदफा (३) मा उल्लिखित लेखापरीक्षकको प्रतिवेदन, वार्षिक आर्थिक विवरण तथा सञ्चालकको प्रतिवेदन कुनै शेयरधनीले माग गर्न आएमा कम्पनीले त्यस्तो शेयरधनीलाई त्यस्तो प्रतिवेदन वा विवरणहरु उपलब्ध गराउनु पर्नेछ ।

(६) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कम्पनीको वार्षिक साधारण सभामा शेयरधनीहरुलाई बाँडिने मुनाफा, सञ्चालकको नियुक्ति तथा पारिश्रमिक, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक वा कम्पनीको साधारण सभाबाट निर्णय गर्नु पर्ने भनी यस ऐन वा नियमावलीमा व्यवस्था गरिएका अन्य विषयमा सो सभामा प्रस्ताव पेश गर्न र निर्णय गर्न सकिनेछ ।

तर शेयरधनीहरूलाई बाँडिने मुनाफाको सम्बन्धमा निर्णय गर्दा त्यस्तो मुनाफाको दर सञ्चालक समितिले निर्धारण गरेको दरभन्दा बढी हुने गरी निर्णय गर्न सकिने छैन ।

Share this Law

७७. वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरूः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.