७३. गणपूरक संख्याः

Estimated reading: 0 minutes 445 views

(१) प्राइभेट कम्पनीको साधारण सभाको गणपूरक संख्या त्यस्तो कम्पनीको नियमावलीमा लेखिएबमोजिम हुनेछ ।

(२) कम्पनीको नियमावलीमा गणपूरक संख्याको लागि बढी संख्या तोकिएकोमा बाहेक पब्लिक कम्पनीको बाँडफाँड भएको कुल शेयर संख्याको पचास प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरूमध्ये कम्तीमा तीनजना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधि मार्फ उपस्थित नभई सभाको काम कारबाही हुने छैन ।

(३) उपदफा (२) बमोजिमको गणपूरक संख्या पूरा नभएको कारणले सभा हुन नसकी कम्तीमा सात दिनको सूचना दिई अर्कोपटक सभा बोलाउँदा कम्पनीको बाँडफाँड भएको कुल शेयर संख्याको पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी कम्तीमा तीनजना शेयरधनीहरु स्वयं वा प्रतिनिधि मार्फत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (२) मा रहेको प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम संस्थापना भएको वा दफा १७३ को उपदफा (१) बमोजिम संस्थापना भएको कम्पनीको लागि उपदफा (२) वा (३) मा लेखिएबमोजिम तीनजना शेयरधनी उपस्थित हुन अनिवार्य हुने छैन ।

Share this Law

७३. गणपूरक संख्याः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.