७२. सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्थाः

Estimated reading: 0 minutes 349 views

(१) सञ्चालक निर्वाचन गर्नको लागि मतदान गर्दा नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक प्रत्येक शेयरधनीलाई निजले लिएको शेयर संख्याले नियुक्त गर्नु पर्ने सञ्चालकको संख्यालाई गुणन गर्दा हुने संख्या बराबरको मतको हिसाबले मतदान गर्ने अधिकार हुनेछ र त्यसरी मतदान गर्ने शेयरधनीले आफ्नो सबै मत एउटै उम्मेदवारलाई वा एकभन्दा बढी उम्मेदवारलाई निजले तोकेबमोजिम विभाजन हुने गरी मतदान गर्न सक्नेछ ।

(२) यस ऐन वा नियमावलीबमोजिम सञ्चालक नियुक्त गर्न पाउने संगठित संस्थाले आफूले लिएको शेयरको अनुपातमा सञ्चालकको नियुक्ति गर्न सक्नेछ र त्यस्तो अवस्थामा निर्वाचनमा मतदान गर्न पाउने छैन ।

तर शेयर संख्या र सञ्चालकको कुल संख्याको अनुपातमा एकजना पनि सञ्चालक नियुक्त गर्न नसक्ने वा यस उपदफाको अधिकार प्रयोग गरी सञ्चालक नियुक्त नगर्ने संगठित संस्थाले शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचनमा अन्य शेयरधनीसरह भाग लिन, मतदान गर्न वा त्यस्तो संस्थाले लिएका शेयरको अनुपातमा निर्वाचित हुन सक्ने सञ्चालकको संख्यासम्मको उम्मेदवारी दिन सक्नेछ ।

Share this Law

७२. सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्थाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.