६६. नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देजः

Estimated reading: 0 minutes 363 views

(१) सोह्र वर्ष उमेर नपुगेको नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति कम्पनीको संस्थापक हुन सक्ने छैन ।

तर अपुताली परी वा कानूनको परिचालनबाट नाबालक वा कानूनबमोजिम करार गर्न अयोग्य व्यक्तिले संस्थापकद्वारा खरिद गरेको कम्पनीको शेयरमा हक प्राप्त गर्न यस दफाले बाधा पुर्‍याउने मानिने छैन ।

(२) कुनै नाबालक वा कानूनबमोजिम करार गर्न अयोग्य व्यक्तिले कुनै कम्पनीको शेयर वा डिबेञ्चर खरिद बिक्री गर्नुपर्दा त्यस्तो व्यक्तिको बाबु, आमा वा पति वा पत्नी वा कानूनबमोजिम नियुक्त संरक्षक वा अभिभावकले गर्नु पर्नेछ ।

Share this Law

६६. नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देजः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.