६४. डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुनेः

Estimated reading: 1 minute 316 views

(१) कम्पनीले डिस्काउण्टमा आफ्नो शेयर निष्काशन वा बिक्री गर्नु हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी सोही प्रस्तावमा तोकिएबमोजिमको प्रतिशतमा नघट्ने गरी देहायको अवस्थामा डिस्काउण्टमा शेयर निष्काशन वा बिक्री गर्न सक्नेछः-

(क) कम्पनीको पूँजी पुनर्संरचना गर्ने योजना अनुसार शेयर निष्काशन वा बिक्री गर्दा,

(ख) साहूहरूको सहमति अनुसार कम्पनीले लिएको ऋणलाई शेयरमा परिणत गर्ने योजना अनुसार शेयर निष्काशन वा बिक्री गर्दा,

(ग) कर्मचारी शेयर योजना अनुसार शेयर निष्काशन वा जारी गर्दा,

(घ) कार्यालयले स्वीकृत गरेको अन्य अवस्थामा शेयर जारी गर्दा ।

Share this Law

६४. डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.