५६. शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकारः

Estimated reading: 1 minute 380 views

(१) नियमावलीमा गरिएको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले देहाय बमोजिम आफ्नो शेयर पूँजी हेरफेर गर्न सक्नेछः-

(क) कम्पनीले उपयुक्त ठानेको रकमको नयाँ शेयर सिर्जना गरी कम्पनीको अधिकृत शेयर पूँजीमा वृद्धि गरेर,

(ख) कम्पनीको सबै वा केही शेयर पूँजीलाई अङ्कित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरेर,

(ग) प्रस्ताव पारित हुँदाका दिनसम्म कसैले पनि नलिएको वा शेयर लिन मञ्जुर नगरेको वा दफा ५३ को उपदफा (३) बमोजिम जफत भएको शेयर खारेज गरी सो खारेज भएको शेयरको मूल्य बराबरको कम्पनीको शेयर पूँजीको रकम घटाएर।

(२) उपदफा (१) बमोजिम पूँजीको हेरफेर गर्ने विशेष प्रस्ताव पारित भएमा सोही हदसम्म सम्बन्धित कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन भएको मानिनेछ ।

(३) उपदफा (१) बमोजिम पारित प्रस्तावको अभिलेख तथा प्रबन्धपत्र र नियमावली संशोधनका लागि तोकिएको दस्तुरसहित कार्यालयमा पेश गर्नु पर्नेछ र कार्यालयले त्यसरी पेश भएको सात दिनभित्र सोहीबमोजिम कम्पनीको पूँजीमा हेरफेर र प्रबन्धपत्र र नियमावली संशोधन भएको व्यहोरा अभिलेख गरी कम्पनीलाई जानकारी दिनु पर्नेछ ।

(४) उपदफा (१) को खण्ड (ग) बमोजिम शेयर खारेज भएकोमा सो कार्य कम्पनीको शेयर पूँजी घटाउने प्रयोजनको लागि भए गरेको मानिने छैन ।

(५) कम्पनीलाई आफ्नो अधिकृत पूँजीको हदसम्म जारी पूँजी बढाउन आवश्यक परेमा साधारण सभामा सामान्य प्रस्ताव पारित गरी त्यस्तो पूँजी बढाउन सक्नेछ ।

(६) पब्लिक कम्पनीले उपदफा (५) बमोजिम शेयर पूँजी बढाई आफ्नो शेयर सार्वजनिक निष्काशन गर्नु परेमा यस ऐन र धितोपत्रसम्बन्धी प्रचलित कानूनमा निर्धारित प्रक्रिया पूरा गर्नु पर्नेछ । तर त्यस्तो कम्पनीले तत्काल कायम रहेका शेयरधनीहरू तथा कर्मचारीले मात्र खरिद गर्न पाउने गरी हकप्रद शेयर (राइट शेयर) र बोनस शेयर जारी गर्दा वा उपदफा (९) बमोजिम शेयर जारी गर्दा त्यस्तो प्रक्रिया पूरा गर्नु पर्ने छैन ।

(७) पब्लिक कम्पनीले तत्काल कायम रहेका शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी हकप्रद शेयर जारी गर्ने सूचना त्यस्तो शेयर जारी गर्नुभन्दा पन्ध्र दिनअघि राष्ट्रियस्तरको दैनिकपत्रिकामा कम्तीमा लगातार तीनपटक प्रकाशन गर्नु पर्नेछ ।

(८) उपदफा (७) बमोजिम जारी गरिएको शेयर खरिद गर्ने पहिलो हक तत्काल कायम रहेका शेयरधनीले लिई राखेको शेयरको अनुपातको आधारमा त्यस्तो शेयरधनीहरूलाई हुनेछ ।

(९) उपदफा (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीले जारी गर्ने देहायबमोजिमका शेयरहरूमा कम्पनीका तत्काल कायम रहेका शेयरधनीको पहिलो हक हुने छैनः-

(क) कम्पनीले नगदबाहेक अरु कुनै प्रतिफलबापत जारी गर्ने शेयर,

(ख) कम्पनीसँग भएको सम्झौताको शर्त अनुरुप प्रदान गरिएको कुनै अधिकार वा सुविधा अन्तर्गत कुनै व्यक्तिलाई जारी गरिएको शेयर,

(ग) कर्मचारी शेयर योजना अन्तर्गत जारी गरिएको शेयर,

(घ) कुनै कम्पनी र त्यसका साहूहरूबीच भएको सम्झौता अनुसार जारी गरिएको शेयर,

(ङ) कुनै कम्पनीले अग्राधिकार शेयरलाई साधारण शेयरमा वा डिबेञ्चरलाई शेयरमा परिणत गर्दा कायम भएका शेयर,

(च) कम्पनीको व्यवस्थापन, पूँजी वा ऋणको पुनर्संरचना गर्ने क्रममा वा दामासाहीसम्बन्धी प्रचलित कानून अनुसार सम्बद्ध पक्षहरुबीच स्वीकृत पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा वा कुनै एक पब्लिक कम्पनी अर्को पब्लिक कम्पनीमा गाभिने कार्यक्रम कार्यान्वयन गर्ने क्रममा सम्बन्धित पक्षहरुबीच सम्पन्न सम्झौता अनुसार जारी भएका शेयर ।

(१०) कम्पनीले गरेको मुनाफा वा मुनाफाबाट सृजित कोषबाट बाहेक कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकन गरी शेयर पूँजी बृद्धि गर्न वा बोनस शेयर निष्काशन गर्न हुँदैन ।

(११) यस दफाबमोजिम शेयर जारी गर्दा तत्काल कायम रहेका शेयरधनीहरूलाई शेयर खरिद गर्न कम्तीमा पैंतीस दिनको म्याद दिनु पर्नेछ । सो म्यादभित्र त्यस्ता शेयरधनीहरूले शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिले निर्णय गरेबमोजिम त्यस्ता शेयर अन्य कुनै किसिमबाट बिक्री गर्न सकिनेछ ।

Share this Law

५६. शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकारः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.