५१. शेयर, डिबेञ्चर र ऋणको लगतः

Estimated reading: 1 minute 339 views

(१) प्रत्येक कम्पनीले वार्षिक साधारण सभा हुनुभन्दा तीस दिन अघिसम्म तत्काल कायम रहेका र खारेज भएका शेयरधनी र डिबेञ्चरवालाहरूको लगत [1]वार्षिक साधारण सभा हुनुभन्दा एक्काइस दिन अघि तयार गरी राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको लगतमा अन्य कुराका अतिरिक्त देहायका कुराहरूसमेत खुलाउनु पर्नेछः-

(क) कम्पनीको अधिकृत पूँजी र शेयरको संख्या,

(ख) कम्पनीको जारी शेयर पूँजी,

(ग) कम्पनीको चुक्ता पूँजी,

(घ) शेयरपिच्छे माग भएको रकम,

(ङ) किस्ता असूल भएको जम्मा रकम,

(च) असूल हुन बाँकी रहेको जम्मा रकम,

(छ) शेयर वा डिबेञ्चरमा दलाली दस्तुरबापत दिएको जम्मा रकम,

(ज) कुनै शेयर जफत गरिएकोमा त्यस्तो शेयरको जम्मा संख्या, जफत भएको कारण र मिति,

(झ) बैङ्क, वित्तीय संस्था वा अन्य कुनै व्यक्तिबाट लिएको ऋण वा कम्पनीले दिएको जमानत,

[2](झ१) अन्य कम्पनीको शेयर वा डिबेञ्चरमा लगानी गरेको भए त्यस्तो कम्पनीको नाम र दर्ता नम्बर तथा शेयर वा डिबेञ्चरमा गरेको लगानी रकम,

(ञ) बहालवाला सञ्चालकको नाम र ठेगाना ।

(३) उपदफा (१) बमोजिमको लगत कम्पनीको वार्षिक साधारण सभा भएको मितिले तीस दिनभित्र र वार्षिक साधारण सभा नगर्ने कम्पनी भए प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको स्वीकृति चाहिने कारोबार गर्ने भए त्यस्तो स्वीकृति प्राप्त गरेको र स्वीकृति नचाहिने भए दर्ता भएको एक वर्षभित्र कम्तीमा एकजना सञ्चालकले सही गरी कार्यालयमा पठाउनु पर्नेछ *…………..[3]

[4](४) साधारण सभा नगर्ने कम्पनीको उपदफा (१) बमोजिमको लगतमा आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र कार्यालयमा पठाउनु पर्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कम्पनीले दफा ७८ बमोजिम पेश गर्नु पर्ने प्रतिवेदनमा उपदफा (२) बमोजिमका विवरणहरुसमेत उल्लेख गरेको भए त्यस्तो कम्पनीले यस दफाबमोजिम छुट्टै लगत कार्यालयमा पठाउनु पर्ने छैन ।

[1] पहिलो संशोधनद्वारा थप।

[2] पहिलो संशोधनद्वारा थप।

[3] पहिलो संशोधनद्वारा झिकिएको।

[4] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

५१. शेयर, डिबेञ्चर र ऋणको लगतः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.