४९. शेयरधनीको सूचीः

Estimated reading: 0 minutes 406 views

(१) शेयरधनी दर्ताकिताबबाट नै शेयरधनीहरुको नामको सूची (इन्डेक्स) स्पष्ट हुने किसिमले दर्ता किताब खडा गरिएको अवस्थामा बाहेक पचासजनाभन्दा बढी शेयरधनी भएको प्रत्येक कम्पनीले आफ्नो शेयरधनीको नामावलीको एउटा छुट्टै सूची (इन्डेक्स) तयार गरी राख्नु पर्नेछ ।

(२) शेयरधनीको दर्ताकिताबमा कुनै परिवर्तन गरिएमा सो परिवर्तन भएको मितिले तीस दिनभित्र उपदफा (१) बमोजिम तयार पारिएको सूचीमासमेत आवश्यक परिवर्तन गर्नु पर्नेछ।

(३) शेयरधनीको दर्ताकिताबबाट सबै शेयरधनीको सम्बन्धमा आवश्यक जानकारी सजिलैसँग पाउन सक्ने गरी शेयरधनीको सूची राख्नु पर्नेछ ।

(४) शेयरधनीहरुको नामको सूची शेयरधनी दर्ताकिताबसाथ राख्नु पर्नेछ ।

(५) कुनै कम्पनीले यस दफाको पालना नगरेमा यस ऐनको पालना नभएको मानिनेछ ।

Share this Law

४९. शेयरधनीको सूचीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.