४७. शेयरमा रहेको हकसम्बन्धी जानकारीः

Estimated reading: 0 minutes 364 views

(१) कुनै कम्पनीको कुनै शेयरधनीले निजको नाममा दर्ता भएको पूर्ण मताधिकारप्राप्त शेयरहरू निजले कुन हैसियतमा प्राप्त गरेको हो वा त्यस्तो शेयरधनीको नाममा दर्ता भएको शेयरमा अरु कुनै व्यक्तिको लगानी रहेको वा नरहेको वा त्यस्तो शेयरमा अरु कुनै व्यक्ति हितग्राही (बेनेफिशरी) भए त्यस्तो व्यक्तिको पहिचान र निजको हकको प्रकृतिको बारेमा कम्पनीले जानकारी माग गरेमा तीस दिनभित्र कम्पनीलाई जानकारी गराउनु त्यस्तो शेयरधनीको कर्तव्य हुनेछ ।

(२) उपदफा (१) बमोजिम माग भएको जानकारी कम्पनीलाई प्राप्त भएपछि त्यस्तो जानकारी माग भएको मिति, जानकारी प्राप्त भएको मिति र प्राप्त जानकारीको व्यहोरा सम्बन्धित शेयरधनीको नामको सँगै शेयर दर्ताकिताबमा अभिलेख गरी सात दिनभित्र सोसम्बन्धी जानकारी कार्यालयमा पठाउनु पर्नेछ ।

Share this Law

४७. शेयरमा रहेको हकसम्बन्धी जानकारीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.