४३. शेयर वा डिबेञ्चर दाखिल खारेज गर्नेः

Estimated reading: 0 minutes 340 views

(१) दफा ४२ को उपदफा (१) र (२) का अधीनमा रही शेयर वा डिबेञ्चर बिक्री भएकोमा सो खरिद गरी लिने व्यक्तिले त्यस्तो शेयर वा डिबेञ्चरको दाखिल खारेज गर्नको निमित्त तोकिएबमोजिमको ढाँचामा नियमावलीमा तोकिएको दस्तुरसहित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । त्यसरी दिइने निवेदन साथ निवेदकले शेयर वा डिबेञ्चर खरिद बिक्रीसँग सम्बन्धित लिखत र शेयर वा डिबेञ्चरको प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा कम्पनीले निवेदन परेको पन्ध्र दिनभित्र दर्ताकिताबमा साबिक शेयरधनी वा डिबेञ्चरवालाको नाम खारेज गरी हालवालाको नाम दर्ता गर्नु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र कारोबारसम्बन्धी प्रचलित कानूनमा कम्पनीको शेयर वा डिबेञ्चरको हक हस्तान्तरण गर्न हस्तान्तरणसम्बन्धी लिखतको आवश्यकता नपर्ने व्यवस्था गरेको भए सो अनुसार निवेदन दिंदा त्यस्तो लिखत पेश गर्नु पर्ने छैन ।

(४) कुनै धितोपत्र हस्तान्तरण गरी दिनेले कुनै शेयर वा डिबेञ्चर हस्तान्तरणको व्यहोरा जनाई पाउँ भनी शेयर खरिद बिक्री सम्बन्धमा खरिदकर्ताको सहिछाप भएको लिखतसमेत संलग्न गरी निवेदन दिएमा पनि कम्पनीले शेयर वा डिबेञ्चर हस्तान्तरण गरी लिनेले नै निवेदन दिएको सरह मानी शेयर वा डिबेञ्चर हस्तान्तरण गरी लिनेको नाम शेयरधनी दर्ताकिताब वा डिबेञ्चरवालाको दर्ताकिताबमा दर्ता गर्नु पर्नेछ ।

(५) प्रचलित कानूनमा गरिएको अन्य कुनै व्यवस्था अनुसार कुनै शेयर वा डिबेञ्चरमा कुनै व्यक्तिको हक कायम भई आएमा त्यस्तो व्यक्तिको नाम शेयरधनी वा डिबेञ्चरवालाको रुपमा दर्ता गर्न उपदफा (१) मा गरिएको व्यवस्थाले कम्पनीलाई रोक लगाएको मानिने छैन ।

Share this Law

४३. शेयर वा डिबेञ्चर दाखिल खारेज गर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.