३९. डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्वः

Estimated reading: 0 minutes 363 views

(१) कम्पनीले दफा ३६ बमोजिम भएको सम्झौतामा उल्लिखित कुनै शर्त उल्लंघन गरेमा डिबेञ्चर ट्रष्टीले त्यस्तो कम्पनीलाई सो शर्त यथाशीघ्र पूरा गर्न वा निश्चित म्याद तोकी डिबेञ्चरवालाको साँवा ब्याज फिर्ता गर्न माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम फिर्ता गरेको कारणबाट वा अन्य मनासिव कारणले कम्पनीको आर्थिक कारोबार नियन्त्रणमा लिनु पर्ने वा सम्झौताबमोजिमको धितो कब्जामा लिनु पर्ने भएमा डिबेञ्चर ट्रष्टीले प्रचलित कानूनको अधीनमा रही त्यस्तो कम्पनीको जायजेथा, सम्पत्ति वा धितोपत्र आफ्नो कब्जामा लिन सक्नेछ र त्यसरी कब्जामा लिएको जायजेथा वा सम्पत्ति आफैले राख्न वा लिलाम बढाबढ गरी वा नगरी बिक्री गर्न वा अन्य उपयुक्त व्यवस्था गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम कम्पनीको जायजेथा कब्जा गरेपछि जायजेथा बिक्रीबाट उठेको रकमबाट डिबेञ्चरवालाको रकम भुक्तानी गरिनेछ । डिबेञ्चरवालाको रकम भुक्तानी गरी कुनै रकम बाँकी रहेमा सो रकम डिबेञ्चर ट्रष्टीले सम्बन्धित कम्पनीलाई फिर्ता दिनु पर्नेछ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि डिबेञ्चर ट्रष्टीले धितो लिएको जायजेथा डिबेञ्चर ट्रष्टी आफैले सकारी लिएको अवस्थामा बाहेक डिबेञ्चर ट्रष्टीले धितो वा कब्जामा लिई बिक्री गरेको सम्पत्तिबाट उठेको रकमबाट डिबेञ्चरवालाको सम्पूर्ण रकम चुक्ता हुन नसक्ने भएमा डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवालालाई दामासाहीको हिसाबबाट रकम भुक्तानी गर्नेछ र डिबेञ्चर ट्रष्टीको सम्पत्तिबाट त्यस्तो नपुग रकम व्यहोरिने छैन ।

(५) कुनै डिबेञ्चर ट्रष्टीले डिबेञ्चर धनीको हितमा काम गर्न नसकेको कारण देखाई त्यस्तो डिबेञ्चर ट्रष्टी हटाई पाउन पचास प्रतिशतभन्दा बढीे डिबेञ्चर लिएको डिबेञ्चर धनीले धितोपत्र बोर्डसमक्ष निवेदन दिन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिएमा धितोपत्र बोर्डले त्यस्तो डिबेञ्चर ट्रष्टीलाई हटाई अर्कोे डिबेञ्चर ट्रष्टीको व्यवस्था गर्नेछ ।

Share this Law

३९. डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्वः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.