३८. कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्नेः

Estimated reading: 0 minutes 331 views

(१) दफा ३६ बमोजिम कम्पनी र डिबेञ्चर ट्रष्टीको बीचमा सम्झौता भए पछि कम्पनीले प्रत्येक छ महिनामा आर्थिक कारोबारसम्बन्धी आफ्नो विवरण डिबेञ्चर ट्रष्टी समक्ष पेश गर्नु पर्नेछ ।

(२) डिबेञ्चर उठाइ सकेपछि कम्पनीको व्यवस्थापनमा परिवर्तन भएमा वा स्वामित्वमा कुनै किसिमको परिवर्तन भएमा त्यसरी परिवर्तन भएको सात दिनभित्र सोको जानकारी कम्पनीले डिबेञ्चर ट्रष्टीलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कम्पनीले पेश गरेको विवरण वा जानकारीको अतिरिक्त कुनै विषयमा थप विवरण, जानकारी वा सूचना आवश्यक परेमा डिबेञ्चर ट्रष्टीले कम्पनीबाट त्यस्तो विवरण, जानकारी वा सूचना माग गर्न सक्नेछ र त्यसरी माग गरेको विवरण, जानकारी वा सूचना डिबेञ्चर ट्रष्टीलाई उपलब्ध गराउनु कम्पनीको कर्तव्य हुनेछ ।

Share this Law

३८. कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.