परिच्छेद-४ शेयर र डिबेञ्चर

३७. डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्नेः

Estimated reading: 1 minute 108 views

डिबेञ्चर ट्रष्टीले डिबेञ्चर ट्रष्टीको रुपमा काम गर्न कम्पनीसँग सम्झौता गर्नुअघि देहायका विषयमा आवश्यक जाँचबुझ गर्न र विवरण, सूचना वा जानकारी लिन वा माग गर्न सक्नेछ र त्यसरी माग भएमा सम्बन्धित कम्पनीले सो उपलब्ध गराउनु पर्नेछः-

(क) कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा ऋण वा डिबेञ्चर उठाउन सक्ने व्यवस्था छ वा छैन र त्यस्तो व्यवस्था भएमा त्यसरी डिबेञ्चर उठाउने निर्णय गर्न सक्ने अधिकार सो कम्पनीको सञ्चालक समितिलाई छ वा छैन,

(ख) कम्पनीको प्रबन्धपत्र वा नियमावलीबमोजिम डिबेञ्चर ट्रष्टीमार्पmत डिबेञ्चर उठाउन सक्ने व्यवस्था छ वा छैन,

(ग) कम्पनीको मौजुदा जायजेथाले उठाउने डिबेञ्चरको मूल्य खाम्न सक्ने स्थिति छ वा छैन,

(घ) कम्पनीका अन्य साहू तथा दायित्वहरूसम्बन्धी विषय,

(ङ) कम्पनीको वासलात तथा लेखापरीक्षकको प्रतिवेदन,

(च) डिबेञ्चर ट्रष्टीले उपयुक्त ठानेको अन्य आवश्यक विषय ।

Share this Law

३७. डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.