३५. डिबेञ्चर उठाउने कार्यविधिः

Estimated reading: 0 minutes 321 views

(१) पब्लिक कम्पनीले यस ऐनबमोजिम डिबेञ्चर निष्काशन गर्दा डिबेञ्चर ट्रष्टीको व्यवस्था गरी डिबेञ्चर निष्काशन गर्नु पर्नेछ । त्यस्तो डिबेञ्चर ट्रष्टी धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त डिबेञ्चर ट्रष्टी हुनु पर्नेछ ।

(२) डिबेञ्चर ट्रष्टी राखी डिबेञ्चर निष्काशन गर्दा साहू आसामीसम्बन्धी कुरा त्यस्तो ट्रष्टी र कम्पनीबीच हुने सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ ।

(३) डिबेञ्चर शेयरमा परिणत हुन सक्ने व्यवस्था प्रबन्धपत्र वा नियमावलीमा गरिएको वा डिबेञ्चर निष्काशन गर्नुअघि नै सो शर्त उल्लेख गरिएको भए शेयर पूँजीसम्बन्धी यस ऐनका प्रावधानको अधीनमा रही कुनै डिबेञ्चर शेयरमा परिणत गर्न सकिनेछ ।

(४) उपदफा (३) बमोजिम डिबेञ्चर शेयरमा परिणत गरिने भए सो कुरा विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।

(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पब्लिक कम्पनीले निष्काशन गरेको डिबेञ्चर खरिद गर्ने सम्बन्धमा कम्पनी र कुनै व्यक्तिबीच सम्पन्न करारको परिपालना गराउनको लागि अदालतले आवश्यक ठानेमा यथावत् परिपालनाको आदेश जारी गर्न सक्नेछ ।

Share this Law

३५. डिबेञ्चर उठाउने कार्यविधिः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.