३१. शेयरको विवरण कार्यालयमा पठाउनेः

Estimated reading: 0 minutes 357 views

(१) कम्पनीले निष्काशन तथा बाँडफाँड भएको शेयरको कित्ता, त्यसको जम्मा रकम, सो शेयर लिनेको नाम, ठेगाना र शेयरपिच्छे असूल भएको र असूल हुन बाँकी रकमको हिसाब शेयर बाँडफाँड भएको तीस दिनभित्र कार्यालयमा पठाउनु पर्नेछ।

(२) शेयर बाँडफाँड हुँदा कुनै शेयरको मूल्य नगदबाहेक अन्य तवरबाट पूर्ण वा आंशिक रुपमा भुक्तानी गरिएको भएमा शेयर बाँडफाँडबाट सो शेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई शेयर बिक्री वा सेवाको करार वा अन्य के कस्तो के प्रतिफलबापत शेयर बाँडफाँड भएको हो सोसम्बन्धी लिखत र बाँडफाँड गरिएको शेयर संख्या तथा त्यस्तो शेयरको अङ्कित मूल्य र कति हदसम्म शेयरको मूल्य चुक्ता भएको मानिने हो सोको विवरणसमेत कम्पनीले कार्यालयमा पठाउनु पर्नेछ ।

Share this Law

३१. शेयरको विवरण कार्यालयमा पठाउनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.