परिच्छेद-४ शेयर र डिबेञ्चर

२७. शेयरको अङ्कित मूल्य र दरखास्तः

Estimated reading: 0 minutes 124 views

(१) प्राइभेट कम्पनीको शेयरको अङ्कित मूल्य नियमावलीमा तोकेबमोजिम हुनेछ ।

(२) पब्लिक कम्पनीको शेयरको अङ्कित मूल्य प्रति शेयर पचास रुपैयाँ वा दश अङ्कले भाग जाने सोभन्दा बढी अङ्कले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुनेछ ।

(३) पब्लिक कम्पनीले शेयर खरिदको लागि दरखास्त आव्हान गर्दा प्रति शेयरको अङ्कित मूल्यको पचास प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्नु हुँदैन । तर कम्तीमा तीन वर्षअघिदेखि सञ्चालनमा रहेका कम्पनीले विवरणपत्र प्रकाशन गर्दा आफ्नो अघिल्लो तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण प्रकाशन गरी पूँजी उठाउँदा यो व्यवस्था लागू हुने छैन ।

(४) पब्लिक कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्तिले तोकिएबमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।

Share this Law

२७. शेयरको अङ्कित मूल्य र दरखास्तः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.