२४. विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीः

Estimated reading: 1 minute 335 views

(१) दफा २३ बमोजिम प्रकाशन भएको विवरणपत्रमा लेखिएका कुराहरूको पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य तथा दायित्व हुनेछ।

(२) उपदफा (१) बमोजिमको विवरणपत्रमा उल्लेख भएका कुराहरूको जवाफदेही सो विवरणपत्रमा सहीछाप गर्ने सञ्चालकहरूको हुनेछ ।

(३) बदनियतसाथ वा जानाजानी भूmट्टा कुराहरू उल्लेख गरी विवरणपत्र प्रकाशन गरिएको रहेछ र सो विवरणपत्रमा विश्वास गरी धितोपत्र खरिद गरेको कारणबाट कुनै व्यक्तिलाई हानि नोक्सानी हुन गएको रहेछ भने त्यसरी हुन गएको वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति विवरणपत्रमा सहीछाप गर्ने सञ्चालकले व्यक्तिगत रुपमा व्यहोर्नु पर्नेछ ।

         तर विवरणपत्र प्रकाशन गर्ने विषयमा कम्पनीबाट निर्णय हुनुभन्दा अगावै राजीनामा दिने वा विवरणपत्रमा झुट्टा कुरा लेखिएको थाहा पाई धितोपत्र बिक्री वा बाँडफाँड हुनुअघि नै सो कुराको सूचना सर्वसाधारणले थाहा पाउने गरी प्रकाशन गर्ने वा विवरणपत्रमा लेखिएको व्यहोरा गलत हो भन्ने थाहा थिएन भनी प्रमाणित गर्ने सञ्चालकले त्यस्तो क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन ।

Share this Law

२४. विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.