१९. प्रबन्धपत्रमा सहीछाप गर्नु पर्नेः

Estimated reading: 0 minutes 360 views

(१) प्रबन्धपत्रमा कम्पनीको संस्थापकहरूको पूरा नाम र ठेगाना उल्लेख गरी प्रत्येक संस्थापकले के कति शेयर लिन मञ्जुर गरेको हो सोसमेत देखाइएको र निजहरू सबैको सहीछाप परेको हुनु पर्नेछ ।

(२) प्रत्येक संस्थापकको लागि छुट्टाछुट्टै साक्षीको नाम र ठेगाना प्रष्टसँग खुलेको हुनु पर्नेछ र त्यस्तो साक्षीको सहीछापसमेत प्रबन्धपत्रमा परेको हुनु पर्नेछ ।

(३) प्रत्येक संस्थापकले सो कम्पनीको नियमावलीमा तोकिएबमोजिम र त्यसरी नतोकिएकोमा कम्तीमा एक सय कित्ता शेयर खरिद गर्न मञ्जुर गरेको हुनु पर्नेछ ।

(४) कम्पनी संस्थापना भएको एक वर्षभित्र कम्पनीको सञ्चालक समितिको निर्णयले दफा ४ बमोजिम दिइएको निवेदनसाथ पेश गरिएको प्रबन्धपत्र तथा नियमावलीमा देखिएका सामान्य त्रुटी वा छपाई वा टाइपको गल्तीलाई सच्याई पाउन कार्यालयसमक्ष निवेदन दिन सकिनेछ ।

(५) उपदफा (४) बमोजिम निवेदन पर्न आएमा त्यसउपर छानबिन गरी उपयुक्त देखेमा कार्यालयले त्यस्तो त्रुटी वा गल्तीलाई सच्याई सोको अभिलेख राख्नेछ ।

तर कम्पनीको मूल उद्देश्यमा फरक पर्ने गरी कुनै कुरा सच्याउन सकिने छैन ।

Share this Law

१९. प्रबन्धपत्रमा सहीछाप गर्नु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.