९. शेयरधनीहरूको संख्याः

Estimated reading: 0 minutes 388 views

(१) प्राइभेट कम्पनीको शेयरधनीहरूको संख्या [1]एकसय एकभन्दा बढी हुनु हुँदैन ।

[2](१क) उपदफा(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालित यातायात व्यावसायी समितिमा आबद्ध यातायात व्यावसायीहरू मिलि प्राईभेट कम्पनी संस्थापना गरी यातायात व्यावसाय सञ्चालन गर्न यो उपदफा प्रारम्भ भएको मितिले तीन महिनाभित्र निवेदन दिएमा उपदफा (१) मा लेखिएभन्दा बढी शेयर धनी सङ्ख्या भए पनि त्यस्तो प्राईभेट कम्पनी दर्ता गर्न बाधा पर्ने छैन।

(२) दफा ३ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशको अधीनमा रही पब्लिक कम्पनीको शेयरधनीहरूको संख्या कम्तीमा सातजना र बढीमा जतिसुकै पनि हुन सक्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीहरुलाई शेयर बिक्री गर्ने योजना अन्तर्गत कम्पनीको शेयर खरिद गरेका कर्मचारी वा त्यस्तो योजना अन्तर्गत शेयर खरिद गरीसकेका तर तत्काल कम्पनीको सेवामा नरहेका कर्मचारीलाई शेयरधनीको रुपमा गणना गरिने छैन ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

[2] नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।

Share this Law

९. शेयरधनीहरूको संख्याः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.