१६०. पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेः

Estimated reading: 1 minute 355 views

देहायको काम गर्ने देहायका व्यक्तिलाई बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ

(क) कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरबाहीसाथ कुनै झुठ्ठा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानि नोक्सानी पुर्‍याउने भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई,

(ख) कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले यस ऐनबमोजिम राख्नु पर्ने हिसाबकिताब वा लेखा, श्रेस्ता नराखेमा [1]वा लेखा श्रेस्ता दुरूस्त नराखेमा राख्न नलगाएमा वा दबाएमा वा लुकाएमा वा नोक्सान गरेमा त्यस्तो व्यक्तिलाई,

(ग) कम्पनीको लेखापरीक्षकले आफ्नो कर्तव्य पालनको सिलसिलामा आफ्नो प्रतिवेदनमा द्वेषपूर्ण लापरबाही वा बदनियतसाथ झुठ्ठा कुरा लेखेमा वा लेखापरीक्षण गर्दा आवश्यक देखिएको टिप्पणी गर्न छुटाएमा त्यस्तो लेखापरीक्षकलाई,

(घ) लिक्वीडेटरले द्वेषपूर्ण, लापरबाही वा बदनियतसाथ साहूहरूको सभा नबोलाएमा वा प्राथमिकताको क्रमविपरीत ऋण वा दायित्व भुक्तान गरेमा वा यस ऐनबमोजिम राख्नु पर्ने हिसाबकिताब र लेखा नराखेमा वा बुझ्नु पर्ने हिसाब कागजपत्र नबुझेमा वा झुठ्ठा लेखा राखेमा वा दिनु पर्ने प्रतिवेदन नदिएमा वा आफ्नो बहाल टुटेपछि बुझाउनु पर्ने नगद, जिन्सी वा श्रेस्ता नबुझाएमा त्यस्तो लिक्वीडेटरलाई,

(ङ) आफ्नो जिम्माको कागजपत्र, लेखा, नगदी, जिन्सी आपूm बहाल टुटेपछि वा कम्पनी खारेज गर्ने आदेश प्राप्त भएपछि यस ऐनबमोजिम हालवालालाई नबुझाएमा वा हालवालाले नबुझेमा सो नबुझाउने वा नबुझ्ने सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई,

(च) कार्यालयमा दर्ता हुनुअघि नै कम्पनीको विवरणपत्र जारी गर्ने वा विवरणपत्रमा झुठ्ठा विवरण दिने सञ्चालक वा पदाधिकारीलाई,

(छ) सञ्चालक समितिको अधिकारक्षेत्र नघाई वा कम्पनीको कार्यक्षेत्रबाहिरको काम गरेमा सो गर्ने वा गर्न आदेश दिने सञ्चालक वा पदाधिकारीलाई,

(ज) यस ऐनबमोजिमको विवरण नदिने वा झुठ्ठा विवरण दिने शेयरधनीलाई,

(झ) कम्पनीको नगदी वा जिन्सी हिनामिना गर्ने वा मास्ने वा कम्पनीको नगदी वा जिन्सी सञ्चालक समिति वा साधारण सभाको स्वीकृति विना निजी काममा प्रयोग गर्ने वा कम्पनीको नियमानुसार पेश्की फछ्र्यौट नगर्ने वा कार्यालयले दिएको आदेश पालना नगर्ने र कम्पनीको विवरण दाखिला नगर्ने सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई,

(ञ) यस ऐनबमोजिम कम्पनी, कार्यालय, अदालत वा अन्य निकायमा विवरण वा जानकारी दिनु पर्ने कर्तव्य भएका सञ्चालक वा पदाधिकारीले त्यस्तो विवरण वा जानकारी नदिएमा त्यस्तो सञ्चालक वा पदाधिकारीलाई,

(ट) कुनै कम्पनीको लेखापरीक्षण गर्न आपूm अयोग्य भएको व्यहोरा थाहा पाए पछि पनि सम्बन्धित कम्पनीको लेखापरीक्षण गर्ने लेखापरीक्षकलाई,

(ठ) आफूलाई प्राप्त नभएको अधिकार प्रयोग गर्ने वा प्राप्त अख्तियारीबाहिर गई कार्य गर्ने सञ्चालक वा पदाधिकारीलाई,

(ड) यस ऐनको विपरीत लेखा राख्ने सञ्चालक तथा पदाधिकारीलाई,

(ढ) यस ऐन बमोजिम शेयरधनीलाई उपलब्ध गराउनु पर्ने संक्षिप्त आर्थिक विवरण, वार्षिक आर्थिक विवरण वा प्रतिवेदन उपलब्ध नगराउने सञ्चालक तथा पदाधिकारीलाई,

(ण) यस ऐनमा गरिएको व्यवस्थाविपरीत हुने गरी कम्पनीबाट कुनै ऋण सुविधा वा पारिश्रमिक लिने वा दिने सञ्चालक, आधारभूत शेयरधनी तथा कम्पनीलाई,

(त) कम्पनीको शेयर पूँजी घटाउन अदालतको स्वीकृति माग गर्दा साहूको नाम ढाँट्ने, लुकाउने वा कम्पनीले लिएको ऋणको बारेमा झुठ्ठा विवरण दिने कम्पनी, सञ्चालक, पदाधिकारी, कर्मचारी वा अन्य कुनै व्यक्तिलाई, (थ) यस ऐनको विपरीत शेयर वा डिबेञ्चर बिक्री गर्ने प्राइभेट कम्पनी, त्यस्तो कम्पनीका सञ्चालक तथा शेयरधनीलाई,

(द) यस ऐनको विपरीत नेपाल राज्यभित्र व्यवसाय वा कारोबार गर्ने विदेशी कम्पनी, त्यस्तो कम्पनीका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई,

(ध) डिबेञ्चरवालाहरुको हितविपरीत कार्य गर्ने डिबेञ्चर ट्रष्टी, त्यस्तो ट्रष्टीको सञ्चालक वा पदाधिकारीलाई,

(न) दफा ४६ को उपदफा (७) को प्रतिकूल काम गर्ने व्यक्तिलाई,

(प) दफा ६० बमोजिम गर्नु पर्ने कार्य नगर्ने सञ्चालक वा पदाधिकारीलाई,

(फ) यस ऐनबमोजिम कम्पनी दर्ता नगरी कम्पनी शब्दको प्रयोग गरी कारोबार गर्ने व्यक्तिलाई,

(ब) दफा १४१ वा दफा १७५ बमोजिमको जानकारी वा सूचना उपलब्ध नगराउने कम्पनी, सञ्चालक वा पदाधिकारीलाई,

(भ) दफा ४७ बमोजिम माग गरिएको जानकारी उपलब्ध नगराउने कम्पनीको शेयरधनी वा सो दफा अनुसार शेयरधनीबाट प्राप्त जानकारी कार्यालयमा पेश नगर्ने कम्पनी, सञ्चालक तथा पदाधिकारीलाई,

(म) दफा १०५ को विपरीत कार्य गर्ने सञ्चालक तथा पदाधिकारीलाई,

(य) कार्यालयलेपटक-पटक लिखित आदेश दिंदा वा सो सम्भव नभए सञ्चार माध्यममार्पmत सूचना दिंदा पनि आफ्नो रजिष्टर्ड कार्यालयको ठेगाना कार्यालयलाई उपलब्ध नगराउने कम्पनीको प्रबन्ध सञ्चालक, सञ्चालक वा पदाधिकारीलाई,

 (र) दफा ५० को विपरीत कार्य गर्ने कम्पनी, सञ्चालक, आधारभूत शेयरधनी तथा पदाधिकारीलाई,

[2](ल) कम्पनीको स्वीकृत उद्देश्य विपरीत जानी काम गर्ने कम्पनी वा पदाधिकारीलाई,

[3](व) दफा १२१ बमोजिम खटिएको निरिक्षकले झुट्टा प्रतिवेदन पेश गरेमा त्यस्तो निरीक्षकलाई।

[1] पहिलो संशोधनद्वारा थप।

[2] पहिलो संशोधनद्वारा थप।

[3] पहिलो संशोधनद्वारा थप।

Share this Law

१६०. पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.