१५८. विदेशी कम्पनीको दर्ता खारेजी तथा लिक्वीडेसनः

Estimated reading: 0 minutes 363 views

(१) दफा १५४ बमोजिम दर्ता भएको विदेशी कम्पनीले नेपाल राज्यभित्र सञ्चालन गरेको कारोबार बन्द गरी आफ्नो दर्ता खारेज गराउन चाहेमा वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त अधिकारीले त्यस्तो कम्पनीले नेपाल राज्यभित्र व्यवसाय वा कारोबार गर्न नपाउने गरी रोक लगाएमा त्यस्तो कम्पनीले दर्ता खारेजीको लागि तोकिएको दस्तुरसहित कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन दिने विदेशी कम्पनीले नेपाल राज्यभित्र रहेको कुनै व्यक्ति, संस्था वा सरकारी वा गैर सरकारी निकायलाई तिर्नु बुझाउनु पर्ने कुनै दायित्व नरहेको कुरा यकिन हुने सबुत प्रमाणसमेत निवेदनसाथ पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको सबुद प्रमाण साँचो हो वा होइन सो बुझ्नका लागि कार्यालयले सो कम्पनीले कसैलाई कुनै दायित्व तिर्न बुझाउन छ वा छैन सो सम्बन्धमा एक्काइस दिनको म्याद दिई सबुद साथ दाबी पेश गर्न राष्ट्रियस्तरको दैनिकपत्रिकामा कम्तीमा दुईपटक सूचना प्रकाशन गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्रकाशित सूचनाबमोजिम कसैको दाबी परेमा त्यस्तो दाबी फछ्र्यौट गरेको सबुत सम्बन्धित कम्पनीले कार्यालयसमक्ष पेश गर्नु पर्नेछ । त्यस्तो कम्पनीउपर उपदफा (३) बमोजिम परेको दाबी त्यस्तो कम्पनीको नेपाल राज्यमा रहेको जायजेथाबाट फछ्र्यौट हुन नसकेमा त्यस्तो कम्पनीको नेपाल राज्यबाहिर रहेको जायजेथाबाट फछ्र्यौट गर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिमको म्यादभित्र कसैको कुनै दाबी नपरेमा वा परेको दाबी उपदफा (४) बमोजिम फछ्र्यौट भएको सबुत पेश भएमा कार्यालयले विदेशी कम्पनीको दर्ताकिताबबाट त्यस्तो कम्पनीको नाम हटाई सोको जानकारी सम्बन्धित कम्पनीलाई दिनु पर्नेछ ।

(६) यस परिच्छेदबमोजिम नेपालमा दर्ता भएको विदेशी कम्पनीले कारोबार सञ्चालन गरिरहेको मुलुकमध्ये कुनै मुलुकको कानूनबमोजिम त्यस्तो कम्पनीको सम्बन्धमा दामासाहीको प्रक्रिया शुरु भएमा त्यस्तो विदेशी कम्पनीको दफा १५७ बमोजिम अख्तियारी पाएको प्रतिनिधिले अविलम्व कार्यालयलाई लिखित सूचना दिनु पर्नेछ र त्यस्तो सूचना सर्वसाधारणको जानकारीको लागि नेपाल राज्यबाट प्रकाशन हुने राष्ट्रियस्तरको दैनिकपत्रिकामासमेत निजले प्रकाशन गर्नु पर्नेछ ।

तर त्यस्तो कम्पनीको दर्ता खारेजीको आदेश जारी भइसकेको भए त्यस्तो विदेशी कम्पनीले नेपाल राज्यभित्र आफ्नो कारोबार वा व्यवसाय बन्द गर्नु पर्नेछ ।

(७) उपदफा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै विदेशी कम्पनीले कारोबार वा व्यवसाय बन्द गरेकोमा त्यस्तो कम्पनीले नेपाल राज्यभित्र गरेको कारोबार वा व्यवसाय सम्बन्धमा दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम हुनेछ ।

Share this Law

१५८. विदेशी कम्पनीको दर्ता खारेजी तथा लिक्वीडेसनः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.