१५३. एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिल खारेजः

Estimated reading: 0 minutes 364 views

(१) एकल शेयरधनी भएको कम्पनीको शेयरधनीको मृत्यु भएमा निजको हकदार वा निजको शेयरमा हक प्राप्त गर्ने व्यक्तिले शेयरधनीको हक प्राप्त गर्नेछ र निजले शेयर हस्तान्तरण तथा दाखिल खारेज गर्नेलगायत यस ऐन अनुसार एकल शेयरधनीले गर्ने सम्पूर्ण कार्य गर्नेछ । यसरी हक प्राप्त गर्ने व्यक्तिले शेयर हस्तान्तरण र दाखिल खारेजको निर्णय गर्दा लिखित रुपमा गर्नु पर्नेछ ।

तर त्यस्तो शेयरधनीको कुनै हकवाला फेला नपरे कार्यालयले लिक्वीडेटर नियुक्त गरी प्रचलित कानूनबमोजिम कम्पनी खारेज गर्नेछ ।

(२) उपदफा (१) बमोजिम शेयरमा हक प्राप्त गर्ने व्यक्तिले त्यस्तो हक प्राप्त भएको एक महिनाभित्र सो कुराको प्रमाणसहित कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको जानकारी प्राप्त भएपछि कार्यालयले तोकिएको दस्तुर लिई सो जानकारी अभिलेख गरिएको व्यहोरा शेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम शेयरमा हक प्राप्त गर्ने व्यक्ति एकभन्दा बढी भएमा अन्य हकदारले एकजनालाई मात्र हक हस्तान्तरण गरेको अवस्थामा बाहेक निजहरु तत्कालका लागि कम्पनीको सञ्चालक भएको मानिनेछ र सोही आधारमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नु पर्नेछ ।

तर हक बेहकको प्रश्न उठेमा सो विषयमा अधिकार प्राप्त अदालतको फैसलाबमोजिम हुनेछ ।

Share this Law

१५३. एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिल खारेजः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.