परिच्छेद-१४ प्राइभेट कम्पनी सम्बन्धी विशेष व्यवस्था
१४६. शेयरधनीको हिसाबकिताब निरीक्षण गर्ने अधिकारः
(१) प्राइभेट कम्पनीका शेयरधनी वा निजको प्रतिनिधिले कार्यालय समयभित्र कम्पनीको कारोबारसँग सम्बन्धित देहायका कागजात वा अभिलेखको निरीक्षण गर्न सक्नेछः-
(क) साधारण सभा र सञ्चालक समितिको निर्णयपुस्तिका,
(ख) वार्षिक आर्थिक विवरण,
(ग) शेयर दर्ताकिताब, र
(घ) कम्पनीको लेखा ।
(२) प्राइभेट कम्पनीका सञ्चालक वा पदाधिकारीले उपदफा (१) बमोजिमका कागजात तथा अभिलेखहरु शेयरधनीहरुले निरीक्षण गर्न पाउने गरी पर्याप्त व्यवस्था मिलाउनु पर्नेछ।