१४५. सर्वसम्मत सम्झौताः

Estimated reading: 1 minute 372 views

(१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक प्राइभेट कम्पनीको सर्वसम्मत सम्झौतामा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछः-

(क) कम्पनीको व्यवस्थापन, व्यवसाय र कारोबार,

(ख) शेयर हस्तान्तरणमा कुनै बन्देज भए सो कुरा,

(ग) कुनै निश्चित वा आकस्मिक घटना वा स्वेच्छाले एक वा एकभन्दा बढी शेयरधनीहरूले कम्पनी खारेज गर्न सक्ने अधिकार,

(घ) मतदानको अधिकारको विभाजन वा प्रयोग,

(ङ) कम्पनीको पदाधिकारी, कर्मचारी, कामदारको नियुक्तिका शर्तहरू,

(च) कम्पनीको सञ्चालक, पदाधिकारी वा अन्तिम जिम्मेवारी वहन गर्ने व्यक्ति वा कार्यकारी प्रमुख को हुने भन्ने कुराहरू,

(छ) लाभांशको भुक्तानी वा बाँडफाँडको तरिका,

(ज) सञ्चालक समिति नरहने कुरा,

(झ) सञ्चालक समिति नरहने हो भने यस ऐनबमोजिम सञ्चालक समितिले गर्नु पर्ने काम कसले गर्ने हो सो कुरा,

(ञ) वार्षिक साधारण सभा गर्नु नपर्ने भए सोसम्बन्धी व्यवस्था,

(ट) शेयरका किसिम र फरक अधिकार भएका शेयरको व्यवस्था भए सो कुरा।

[1](ठ) कम्पनीको सञ्चालन, व्यवस्थापन, शेयरधनीलाई प्राप्त मताधिकार वा अन्य कुनै विशेष सहुलियत, अधिकार वा शरेयधनीबीचको आपसी सम्बन्ध सम्बन्धी विषय।

(२) सम्झौताका सबै पक्षहरूको लिखित सहमतिबाट सर्वसम्मत सम्झौतामा संशोधन हुन सक्नेछ ।

(३) सर्वसम्मत सम्झौता सम्पन्न भइसकेपछि देहायबमोजिम गरी शेयर प्राप्त गर्ने शेयरधनीले सो सम्झौतामा सहमति जनाएको र सोको पक्ष भएको मानिनेछः-

(क) दान बकसबाट शेयर पाएको भएमा,

(ख) अन्य कुनै तवरबाट शेयर प्राप्त गरेकोमा सो शेयर प्राप्त गरेका बखत त्यस्तो सम्झौता रहेको जानकारी भएमा ।

[1] पहिलो संशोधनद्वारा थप।

Share this Law

१४५. सर्वसम्मत सम्झौताः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.