१३७. दर्ता खारेज भएको कम्पनीको दर्ता पुनर्स्थापनाः

Estimated reading: 1 minute 331 views

(१) दफा १३६ को उपदफा (५) बमोजिम कुनै कम्पनीको दर्ता खारेज भएको अवस्थामा सो कम्पनी वा त्यसका शेयरधनी वा साहूले सो कम्पनी खारेज भएको सूचना प्रकाशित भएको मितिले पाँच वर्षभित्र सो कम्पनी पुनस्र्थापना गर्न अदालतसमक्ष कारण खुलाई निवेदन दिएमा देहायको अवस्थामा अदालतले सो कम्पनीको पुनस्र्थापना गरी त्यसको नाम कम्पनी दर्ताकिताबमा पुनस्र्थापना गर्न आदेश दिन सक्नेछः-

(क) सो कम्पनीले आफ्नो कारोबार सञ्चालन गरी रहेको अवस्थामा त्यस्तो कम्पनीको दर्ता खारेज भएको देखिएमा,

(ख) कम्पनीको जायजेथा र दायित्वको समुचित व्यवस्था गर्न त्यस्तो कम्पनीको नाम पुनस्र्थापना गर्न अदालतले न्यायोचित देखेमा।

(२) उपदफा (१) बमोजिम अदालतको आदेशबाट कम्पनी पुनस्र्थापित भएमा सो कम्पनी दर्ता भएको मितिदेखि नै अस्तित्वमा रहेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिम आदेश जारी गर्दा कम्पनी र अन्य सबै व्यक्तिहरुलाई कम्पनीको दर्ता खारेज नै नभएको सरह यथास्थितिमा ल्याउनको लागि अदालतले उपयुक्त ठानेको आदेश जारी गर्न तथा आवश्यक व्यवस्था मिलाउन आदेश दिन सक्नेछ ।

(४) उपदफा (१) बमोजिम कम्पनी पुनस्र्थापित भएकोमा दफा ८१ बमोजिमको जरिबाना बुझाउनु पर्ने भए सो जरिबाना कार्यालयलाई बुझाए पछि मात्र कम्पनी पुनस्र्थापना गरी कम्पनी दर्ताकिताबमा पुनः नाम दर्ता हुनेछ ।

(५) दफा १३६ बमोजिम दर्ता खारेज भएको कम्पनी यस दफाबमोजिम पुनस्र्थापना भएमा त्यस्तो कम्पनीले देहायबमोजिमको सम्पत्ति फिर्ता पाउनेछ ः–

(क) कम्पनी दर्ता खारेज भएको कारणले दफा १३६ को उपदफा (८) बमोजिम कम्पनीका शेयरधनीको हैसियतले प्राप्त गरेको सम्पत्ति,

(ख) खण्ड (क) बमोजिमको सम्पत्ति बेच बिखन भई सकेको भए सो बेच बिखन गरेको अवस्थामा प्राप्त हुन गएको रकम ।

तर साहूको ऋण वा दायित्व भुक्तान गर्न खर्च भइसकेको सम्पत्ति वा रकम फिर्ता हुन सक्ने छैन ।

Share this Law

१३७. दर्ता खारेज भएको कम्पनीको दर्ता पुनर्स्थापनाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.