१३६क. कम्पनीको दर्ता खारेज सम्बन्धी विशेष व्यवस्थाः

Estimated reading: 0 minutes 404 views

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कारोबार सञ्चालनमा नगरेको वा सञ्चालनमा नरहेको, दफा ८० बमोजिम विवरण पेश नगरेको वा दफा ८१ बमोजिम लागेको जरिबाना नबुझाएको कम्पनीले यो दफा प्रारम्भ भएको मितिले दुई वर्षभित्र दर्ता खारेज गर्न चाहेमा त्यस्तो कम्पनीको साधारण सभाबाट निर्णय गरी कार्यालय समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।

(२)उपदफा (१) बमोजिमको निवेदनसाथ दफा ८० बमोजिमको विवरण सहित दफा ८१ बमोजिम लाग्ने जरिबाना रकम वा कम्पनीको चुक्ता पूँजीको शुन्य दशमलव पाँच प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ सो रकम समेत संलग्न गरी बुझाउनु पर्नेछ।

(३)उपदफा (१) बमोजिम निवेदन परेमा कार्यालयले दफा १३६ बमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो कम्पनीको दर्ता खारेज गर्न सक्नेछ।

(४)यस दफा बमोजिम कम्पनी खारेज भएमा त्यस्तो कम्पनीको दायित्व सम्बन्धी व्यवस्था दफा १३६ बमोजिम हुनेछ।

Share this Law

१३६क. कम्पनीको दर्ता खारेज सम्बन्धी विशेष व्यवस्थाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.