१३२. कम्पनीको दर्ता खारेजीः

Estimated reading: 1 minute 367 views

(१) दफा १३१ को उपदफा (२) को खण्ड (च) बमोजिम कम्पनी खारेज भएको प्रतिवेदन कार्यालयले प्राप्त गरेपछि कार्यालयले यस ऐनबमोजिम त्यस्तो कम्पनीको नाम कम्पनी दर्ताकिताबबाट हटाई कम्पनीको दर्ता खारेज भएको आदेश जारी गर्नेछ।

(२) उपदफा (१) बमोजिम कम्पनीको दर्ता खारेज भएको आदेश जारी गरेपछि कार्यालयले त्यस्तो कम्पनीको नाम कम्पनी दर्ताकिताबबाट हटाई त्यस्तो कम्पनी विघटन भएको सूचना राष्ट्रियस्तरको दैनिकपत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।

[1](३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दामासाही सम्बन्धी ऐने, २०६३ बमोजिम नियुक्त लिक्वीडेटरले कुनै कम्पनी खारेजे  गर्नको लागि त्यस्तो कम्पनीको खारेजीको काम कारबाही समाप्त भएको व्यहोरा कार्यालयमा पठाउनु पर्नेछ ।

[2](४) उपदफा (३) बमोजिमको व्यहोरा प्राप्त भएपछि कार्यालयले त्यस्तो कम्पनी खारेज भएको अभिलेख गर्नेछ र त्यसरी अभिलेख गरेपछि त्यस्तो कम्पनी खारेज भएको मानिनेछ।

[1] केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६४ द्वारा थप।

[2] केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६४ द्वारा थप।

 

Share this Law

१३२. कम्पनीको दर्ता खारेजीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.