१३१. लिक्वीडेटरको अधिकार र कर्तव्यः

Estimated reading: 1 minute 348 views

(१) दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम लिक्वीडेटरले प्रयोग गर्ने सम्पूर्ण अधिकार र पालना गर्ने कर्तव्य यस ऐन अन्तर्गत नियुक्त लिक्वीडेटरले आवश्यक हेरफेरसहित (म्यूटाटिस मुटान्डिस) प्रयोग र पालना गर्न सक्नेछ ।

(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल नहुने गरी देहायका काम कारबाही गर्नु लिक्वीडेटरको कर्तव्य हुनेछः-

(क) लिक्वीडेटर नियुक्त भएपछिको प्रत्येक छ महिनामा कम्पनी खारेज गर्ने सम्बन्धमा भएको आम्दानी तथा खर्चको हिसाब तथा लेखा तयार गरी कार्यालयसमक्ष पेश गर्ने,

(ख) लिक्वीडेटर नियुक्त भएपछिको प्रत्येक छ महिनामा कम्पनी खारेज गर्नेसम्बन्धी काम कारबाहीको प्रगति विवरण कम्पनीका शेयरधनीहरुलाई जानकारी गराउने,

(ग) कम्पनीको तर्फबाट प्राप्त गर्नु पर्ने सम्पत्ति वा असूल गर्नु पर्ने सबै रकम असूल गरी कम्पनीको सबै साहूहरुको ऋण तथा अन्य दायित्व चुक्ता गर्ने,

(घ) खण्ड (ग) बमोजिमको कार्य सम्पन्न भएपछि शेयरधनीहरुलाई कम्पनीको बाँकी सम्पत्ति वितरण गर्नेसम्बन्धी प्रस्तावित प्रतिवेदन तथा विवरण साधारण सभा बोलाई शेयरधनीहरुसमक्ष पेश गर्ने,

(ङ) खण्ड (घ) बमोजिमको विवरणमा चुक्ता शेयर पूँजीको कम्तीमा पचहत्तर प्रतिशत शेयर लिने शेयरधनीहरुको मञ्जुरी भएमा सोबमोजिम शेयरधनीहरुलाई रकम भुक्तानी गर्ने,

(च) खारेजीसम्बन्धी काम कारबाही पूरा भएपछि कम्पनीको तर्फबाट असूलउपर गरिएको सम्पत्ति, साहूलाई गरिएका भुक्तानी र शेयरधनीहरुलाई गरिएको वितरणहरुका सम्बन्धमा प्रतिवेदन तयार गरी लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनी खारेजी भएको व्यहोरा प्रमाणित गरी त्यस्तो प्रतिवेदन कार्यालयसमक्ष पेश गर्ने ।

Share this Law

१३१. लिक्वीडेटरको अधिकार र कर्तव्यः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.