१४१. सम्पत्तिको प्राप्ति वा बिक्रीः

Estimated reading: 1 minute 364 views

(१) कुनै पब्लिक कम्पनी वा सोको सहायक कम्पनीले कुनै सम्पत्ति खरिद वा बिक्री गर्दा देहायबमोजिम हुने भएमा सो कुराको जानकारी कार्यालयलाई गराउनु पर्नेछः-

(क) कुनै सम्पत्ति खरिद गरेको कारणबाट लेखापरीक्षण भएको पछिल्लो वार्षिक आर्थिक विवरणमा उल्लेख भएको आफ्नो सम्पत्ति वा एकमुष्ट (कन्सोलिडेटेड) सम्पत्तिको मूल्य पन्ध्र प्रतिशतभन्दा बढीले बृद्धि भएमा,

(ख) बिक्री गर्न लागेको वा बिक्री गरेको सम्पत्तिबाट हुने आम्दानी सो कम्पनीको लेखापरीक्षण भएको पछिल्लो हिसाबकिताबमा उल्लेख गरिएको कर तिर्नुभन्दा अगाडिको कम्पनीको एकमुष्ट (कन्सोलिडेटेड) आम्दानीको पन्ध्र प्रतिशतभन्दा बढी हुने भएमा ।

(२) उपदफा (१) बमोजिम कार्यालयलाई जानकारी गराउँदा देहायका कुराहरु खुलाउनु पर्नेछ र त्यस्ता कुराहरु कम्पनीको कारोबारका सम्बन्धमासमेत लागू हुने भए सो कुरा सञ्चालक समितिको प्रतिवेदनमासमेत देखाउनु पर्नेछः-

(क) कारोबारको मिति र कारोबारमा संलग्न पक्षहरु,

(ख) सम्पत्तिको प्रकृति बारेको विवरण र त्यस्तो सम्पत्तिभित्र पूरै वा आंशिक रुपमा कुनै अन्य कम्पनीले जारी गरेको शेयर पनि पर्ने भए त्यस्तो शेयर जारी गर्ने कम्पनीको नाम तथा त्यस्तो कम्पनीले गर्ने व्यावसायिक कारोबारको प्रकृति,

(ग) कारोबारको रकम र कारोबारका अन्य शर्तहरु,

(घ) सम्पत्ति खरिद वा बिक्रीगर्दा सम्पत्तिको मूल्याङ्कनको लागि अवलम्बन गरिएका आधारहरु,

(ङ) कुनै सम्पत्ति बिक्री गरिएको भए सम्पत्तिको बिक्रीबाट प्राप्त रकम त्यस्तो सम्पत्तिको श्रेस्तामा देखाइएको मूल्यभन्दा बढी वा घटी के छ सो कुरा ।

Share this Law

१४१. सम्पत्तिको प्राप्ति वा बिक्रीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.