१५.म्याद, सूचना आदि तामेल गर्नेः

Estimated reading: 1 minute 469 views

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कम्पनी, सञ्चालक, शेयरधनी, डिबेञ्चरवाला वा कर्मचारीलाई कम्पनीको कारोबार वा कम्पनीसँग सम्बद्ध विषयको सम्बन्धमा कुनै सूचना, म्याद, बन्दसवाल आदि तामेल गर्नु परेमा सो कम्पनीको रजिष्टर्ड कार्यालयमा त्यस्तो सूचना, म्याद, बन्दसवाल आदि बुझाएमा वा रजिष्ट्री गरी हुलाकमार्पmत पठाएमा वा त्यस्तो कार्यालयमा राखिएको टेलिफ्याक्स, इमेल, टेलेक्स वा यस्तै अन्य विद्युतीय उपकरणमार्फत पठाएमा रीतपूर्वक तामेल भएको मानिनेछ । त्यसरी कुनै सूचना, म्याद, बन्दसवाल इत्यादि तामेल हुन नसकेमा सम्बन्धित कम्पनी, सञ्चालक वा कर्मचारीलाई रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको दैनिकपत्रिकामा तत्सम्बन्धी सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सकिनेछ । त्यसरी गरिएको सूचनालाई निजले जानकारी पाएको मानिनेछ ।

(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीका कुनै सञ्चालक, शेयरधनी, डिबेञ्चरवाला वा कुनै कर्मचारीलाई कम्पनीको तर्फबाट वा कुनै अधिकार प्राप्त अधिकारी वा अदालतको तर्फबाट पदीय कार्यसँग सम्बन्धित विषयमा कुनै म्याद, सूचना, बन्दसवाल आदि तामेल गर्नु परेमा त्यस्तो सञ्चालक, शेयरधनी वा कर्मचारीले निजको टेलेक्स, इमेल, टेलिफ्याक्सको ठेगाना दिएको रहेछ भने त्यस्तो ठेगानामा र त्यस्तो ठेगाना नदिएको अवस्थामा हुलाकद्वारा पत्राचार गर्न दिएको ठेगानामा हुलाकद्वारा रजिष्ट्री गरी पठाउन सकिनेछ र त्यसरी पठाइएकोमा त्यस्तो सूचना, म्याद, बन्दसवाल आदि रीतपूर्वक तामेल भएको मानिनेछ ।

(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीले यस ऐनबमोजिम कुनै शेयरधनी, डिबेञ्चरवाला वा सञ्चालकलाई पठाउनु पर्ने सूचना वा जानकारी उपलब्ध गराउँदा वा निजहरुबाट कुनै जानकारी प्राप्त गर्दा कम्पनीको नियमावलीमा व्यवस्था भएबमोजिम वा निजहरुको सहमति भएमा विद्युतीय सञ्चार माध्यमको प्रयोग गरी निजहरुले उपलब्ध गराएको विद्युतीय सञ्चारको ठेगानामा पठाउन सकिनेछ ।

तर विद्युतीय सञ्चार माध्यमबाट त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सहमति नदिने शेयरधनी, डिबेञ्चरवाला वा सञ्चालकलाई हुलाक वा अन्य भरपर्दो माध्यमबाट त्यस्तो सूचना वा जानकारी पठाउनु पर्नेछ ।

Share this Law

१५.म्याद, सूचना आदि तामेल गर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.