१०. कम्पनीले पालन गर्नु पर्ने शर्तहरूः

Estimated reading: 1 minute 438 views

यस ऐनबमोजिम संस्थापित कम्पनीले यो ऐन, प्रबन्धपत्र वा नियमावलीमा लेखिएका शर्तहरूका अतिरिक्त देहायका शर्तहरूको पालना गर्नु पर्नेछः-

(क) आफूले गर्ने सम्पूर्ण काम कारोबारहरू सो कम्पनीको नामबाट गर्नु पर्नेछ ।

(ख) प्राइभेट कम्पनीले आफ्नो नामको पछाडि “प्राइभेट लिमिटेड” र पब्लिक कम्पनीले आफ्नो नामको पछाडि “लिमिटेड” लेख्नु पर्नेछ ।

तर मुनाफा वितरण नगर्ने कम्पनीको हकमा यो व्यवस्था लागू हुने छैन ।

(ग) प्राइभेट कम्पनीले आफ्नो शेयर तथा डिबेञ्चर खुल्लारुपमा बिक्री गर्नु हुँदैन ।

(घ) प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा व्यवस्था गरिएको कार्यविधि पूरा नगरी प्राइभेट कम्पनीले आफ्नो धितोपत्र शेयरधनीहरूबाहेक अन्य व्यक्तिलाई धितो बन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन हुँदैन ।

(ङ) कम्पनीले साझेदारी वा प्राइभेट फर्म खोल्न हुँदैन ।

(च) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक मुनाफा वितरण नगर्ने कम्पनीले आफ्ना सदस्यहरुलाई लाभांश वितरण गर्न वा सदस्य वा निजका नजिकका नातेदारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै रकम भुक्तानी गर्न हुँदैन ।

Share this Law

१०. कम्पनीले पालन गर्नु पर्ने शर्तहरूः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.