परिच्छेद- २१ विविध

१८६. कम्पनी सचिवको काम, कर्तव्य र अधिकारः

Estimated reading: 1 minute 106 views

(१) सञ्चालक समिति र साधारण सभाद्वारा गरिएका निर्णयहरू र कार्यालय वा सम्बन्धित निकायहरूद्वारा निर्देशित कुराहरू कार्यान्वयन गर्नु, गराउनु तथा यो ऐन वा प्रचलित कानूनबमोजिम कम्पनीले कार्यालय वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि निर्धारित अवधिभित्र पेश गर्नु कम्पनी सचिवको कर्तव्य हुनेछ ।

(२) यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही कम्पनी सचिवले देहायका काम गर्नेछः-

(क) सञ्चालक समितिको बैठक वा साधारण सभा बोलाउने,

(ख) सञ्चालक समितिको बैठक वा साधारण सभामा छलफल गरिने विषयहरूको सूची तयार गरी सम्बन्धित सञ्चालक वा शेयरधनीकहाँ पठाउने,

(ग) सञ्चालक समितिको बैठक वा साधारण सभाको निर्णयहरूको अभिलेख राख्ने, प्रमाणित गर्ने तथा जिम्मा लिने,

(घ) सञ्चालक समितिको निर्णयानुसार शेयर बाँडफाँडको सूचना तथा किस्ता मागको सूचना पठाउने,

(ङ) शेयरधनीहरूको दर्ताकिताब र शेयरधनी तथा डिबेञ्चरवालाहरूको लगत दुरुस्त राख्ने, जिम्मा लिने र प्रमाणित गर्ने,

(च) शेयर वा डिबेञ्चरको धितो बन्धक जनाउने, हस्तान्तरण वा दाखिल खारेज गर्न सञ्चालक समिति वा कार्यकारी प्रमुखसमक्ष पेश गर्ने,

(छ) शेयरधनी वा डिबेञ्चरवालाको दाबी, उजुरी, गुनासो, सुझाव, सल्लाह आदि कुनै कुरा लिखितरुपमा पेश हुन आएमा सञ्चालक समिति वा कार्यकारी प्रमुख वा कार्यालय वा अन्य निकायहरूसमक्ष पुर्‍याउने र सो सम्बन्धमा भए गरेको कारबाहीको नतिजा लिखितरुपमा सम्बन्धित शेयरधनी वा डिबेञ्चरवालालाई दिने,

(ज) प्रचलित कानून अनुसार कम्पनी सचिवले गर्नु पर्ने भनी निर्धारण गरिएको वा तोकिएबमोजिमको अन्य कार्य गर्ने ।

(३) साधारण सभाको निर्णयबमोजिमबाहेक कम्पनी सचिवले कम्पनीबाट वा कम्पनीमार्पmत आफूलाई फाइदा हुने कुनै काम गर्नु गराउनु हुँदैन ।

(४) कम्पनी सचिवले तोकिएबमोजिमको आचरण पालन गर्नु पर्नेछ ।

Share this Law

१८६. कम्पनी सचिवको काम, कर्तव्य र अधिकारः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.