दफा २७३: नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने

Estimated reading: 0 minutes 9 views

१) कसैले नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तरभन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानीजानी सक्कली सरह चलन गर्न वा चलन गर्ने नियतले राख्न वा बिक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टाँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधनको छाप वा टाँचा बिगार्न वा अर्को कुनै साधनको मद्दतले त्यस्तो साधनको नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चलतीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन” भन्नाले कुनै वस्तु वा सेवाको इकाई, गुण वा परिमाण वा त्यस्तो वस्तु वा सेवाको शुद्धता वा स्तर वा कुनै वस्तुको इकाई निर्धारण गर्न कानून बमोजिम चलन चल्तीमा रहेको साधन सम्झनु पर्छ ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

३) उपदफा (१) बमोजिम बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत हुनेछ ।

Share this Law

दफा २७३: नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.