दफा २३३: मञ्जुरी बिना मानव शरीरमा परीक्षण गर्न नहुने

Estimated reading: 0 minutes 3 views

१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले मानव शरीरमा कुनै इलाज सम्बन्धी विधि, चिरफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए निजको बाबु आमा वा संरक्षकको मञ्जुरी नलिई र त्यस्तो व्यक्ति वा बाबु आमा वा संरक्षकलाई त्यस कुराको जानकारी नदिई त्यस्तो काम गर्नु वा गराउनु हुँदैन ।

तर विपद् वा सडक दुर्घटना भएको वा सम्बन्धित व्यक्तिाको बाबु, आमा वा संरक्षकको तत्काल मञ्जुरी लिन नसकिने वा सो कुराको जानकारी दिन नसकिने अवस्थामा त्यस्तो व्यक्तिको ज्यान जोगाउनको लागि तत्काल उपचार वा अङ्ग चिरफार गर्न कुनै बाधा पर्ने छैन ।

२) उपदफा (१) बमोजिम परीक्षण गर्दा त्यस्तो विधि, चिरफार वा औषधिको मानव शरीरमा हुन सक्ने असर समेतलाई विचार गरी होसियारीपूर्वक गर्नु पर्नेछ ।

३) कसैले अनुचित आर्थिक लाभ लिने वा महिलाको गोपनियता भङ्ग गर्ने वा अन्य कुनै नियतले कसैको शारीरिक परीक्षण गर्नु वा अङ्ग परिवर्तन गर्नु वा गराउनु हुँदैन ।

४) उपदफा (१), (२) वा (३) विपरित परीक्षण गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

५) उपदफा (१), (२) वा (३) बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेकोमा ज्यान मारे सरह र अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गरे सरह सजाय हुनेछ ।

Share this Law

दफा २३३: मञ्जुरी बिना मानव शरीरमा परीक्षण गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.