दफा १४८: व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नो बनाउन नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले कुनै सार्वजनिक सम्पदा दत्ता गरी वा नगरी निजी बनाउन वा त्यस्तो सम्पदाको सार्वजनिक भोग चलनमा कुनै किसिमले बाधा अवरोध गर्न वा अन्य कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न वा त्यस्तो सम्पदालाई कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्‍याउन हुँदैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक सम्पदा” भन्नाले देहाय बमोजिमका सम्पदा सम्झनु पर्छ:-

(क) परापूर्वदेखि सार्वजनिक रूपमा हिँडी आएको बाटो,

(ख) सार्वजनिक रूपमा भोग चलन हुदै आएको सडक, गौचर, पानीघाट, चिहान, मसानघाट, धारो, पधेरो, कुवा, पोखरी, पोखरीको डिल, खानेपानीको मूल, नहर, कुलो, गाईवस्तु चराउने चौर वा निकाल्ने निकाश,

(ग) हाट बजार लाग्ने स्थान,

(घ) देवस्थल, मठ, मन्दिर, स्तुप, गुम्बा, मस्जिद वा गिर्जाघर,

(ङ) पाटी, पौवा सत्तल, चौतारो,

(च) ऐतिहासिक मूर्ति, शालिक, सांस्कृतिक स्तम्भ वा स्मारक,

(छ) धार्मिक वा सांस्कृतिक कार्य वा समारोह गर्ने ठाउँ,

(ज) नेपाल सरकारले तोकेको राष्ट्रिय वन वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व रहेको वन वा त्यसको कुनै अंश ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

३) उपदफा (१) बमोजिमको सार्वजनिक सम्पदा कसैको नाममा दर्ता वा नामसारी भइसकेको भए सो समेत स्वत: बदर हुनेछ ।

Share this Law

दफा १४८: व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नो बनाउन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.