दफा ४९: सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हातहतियार र खरखजाना जम्मा गर्न, हातहतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्न वा त्यस्तो कार्य गर्ने उद्योग गर्नु हुँदैन।

२) कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा सङ्घठित शक्तिसँग मिली कुनै प्रकारको पड्यन्त्र गर्नु वा गराउनु हुँदैन।

३) कसैले उपदफा (१) वा (२) अन्तर्गतको कसूर गर्न दुरुत्साहन दिनु हुँदैन।

४) कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा सङ्घीय इकाईविचको सुसम्बन्ध खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन ।

५) यस दफा बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ :-

(क) उपदफा (१) वा (२) बमोजिमको कसूर भए जन्मकैद,

(ख) उपदफा (३) बमोजिमको कसूर भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना,

(ग) उपदफा (४) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।

Share this Law

दफा ४९: सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.