१७५. सम्बद्ध कम्पनीबीच कारोबारः

Estimated reading: 1 minute 370 views

(१) देहायका कम्पनीहरुबीच कुनै एक कम्पनीले अर्को कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ऋण वा अन्य किसिमको आर्थिक सहयोग प्रदान गर्ने, कुनै दायित्व भुक्तान गर्ने जमानत वा अन्य कुनै प्रकारको सुरक्षण प्रदान गर्ने सम्झौता वा व्यवस्था भएको वा नियमित व्यापारिक कारोबारबाहेकको अन्य कुनै कारोबार भएकोमा सम्बद्ध कम्पनीहरुबीच कारोबार भएको मानिनेछः-

(क) कुनै कम्पनी र त्यसको मुख्य कम्पनी,

(ख) कुनै कम्पनी र त्यसको मुख्य कम्पनीको अन्य सहायक कम्पनी

(ग) कुनै कम्पनीको सहायक कम्पनी र त्यस्तो कम्पनीको मुख्य कम्पनी,

(घ) कुनै कम्पनीको सहायक कम्पनी र मुख्य कम्पनीको अन्य सहायक कम्पनी।

(२) उपदफा (१) बमोजिमको कारोबार भएमा सम्बद्ध कम्पनीले आफ्नो शेयरधनी तथा कार्यालयलाई यथासंभव चाँडो त्यस्तो कारोबारको सम्बन्धमा देहायका विवरणसमेत खोली सूचना दिनु पर्नेछः-

(क) कारोबारको मिति र कारोबारमा संलग्न पक्षहरु,

(ख) कारोबारको प्रकृति र त्यस्तो कारोबार अन्तर्गत ऋण प्रदान गर्ने, आर्थिक सहयोग प्रदान गर्ने तथा सुरक्षण दिने जस्ता कारोबार भएको भए त्यसको रकम वा मूल्य ।

Share this Law

१७५. सम्बद्ध कम्पनीबीच कारोबारः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.