१६६. मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न सकिनेः

Estimated reading: 0 minutes 377 views

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पेशा वा व्यवसायको विकास तथा प्रवद्र्धन गर्न वा कुनै खास पेशा वा व्यवसायमा लागेका व्यक्तिहरुको सामूहिक हक हितको संरक्षण गर्न वा कुनै शैक्षिक, प्राज्ञिक, सामाजिक, परोपकारी वा सार्वजनिक उपयोगिता वा कल्याणकारी उद्देश्य प्राप्तिको लागि लाभांश बाँडी लिन नपाउने शर्तमा कुनै उद्यम गर्न कम्पनी संस्थापना गर्न सकिनेछ ।

(२) उपदफा (१) मा उल्लिखित उद्देश्य प्राप्त गर्नको लागि कम्पनी दर्ता गर्न चाहने कुनै व्यक्ति वा प्रचलित कानून अनुसार दर्ता भएका सार्वजनिक गुठीका सञ्चालक वा प्रचलित कानूनबमोजिम संस्थापना भएका अन्य संगठित संस्थाले दफा ४ बमोजिम कार्यालयसमक्ष निवेदन दिन सक्नेछन् ।

(३) उपदफा (१) बमोजिम कम्पनी संस्थापना गर्ने संस्थापकहरुको संख्या कम्तीमा पाँच हुनु पर्नेछ र त्यस्तो कम्पनी संस्थापना भएपछि पाँचजनामा नघट्ने गरी यसका सदस्यहरुको संख्या जतिसुकै पनि हुन सक्नेछ ।

(४) उपदफा (१) बमोजिम संस्थापित कम्पनीको सदस्यता कुनै व्यहोराले हस्तान्तरण हुन सक्ने छैन । कुनै सदस्यको मृत्यु भएमा, दर्ता खारेज वा विघटन भएमा वा अन्य संस्था वा कम्पनीमा गाभिएमा त्यस्तो व्यक्ति वा संस्थाको सदस्यता स्वतः समाप्त हुनेछ ।

(५) कार्यालयले पूर्वस्वीकृति दिएको अवस्थामा बाहेक उपदफा (१) बमोजिम संस्थापित कम्पनीले आफ्नो नामको साथमा “कम्पनी”, “लिमिटेड” वा “प्राइभेट लिमिटेड” जस्ता शब्दहरु लेख्नु पर्ने छैन ।

(६) उपदफा (१) बमोजिम दर्ता भएको कम्पनीले शाखा विस्तार गर्दा कार्यालयको स्वीकृति लिनु पर्नेछ ।

Share this Law

१६६. मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न सकिनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.