परिच्छेद-६ सञ्चालक समिति

९४. सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्नेः

Estimated reading: 1 minute 71 views

(१) कुनै व्यक्ति सञ्चालकको पदमा रहँदा निजले सो कम्पनी वा सो कम्पनीको सहायक वा मुख्य कम्पनी वा मुख्य कम्पनीको अन्य सहायक कम्पनीको शेयर वा डिबेञ्चरमा निजले कुनै व्यहोराले हक प्राप्त गरेमा कम्पनीलाई सो कुराको देहायबमोजिमको जानकारी दिनु पर्नेछः-

(क) निजको हकको व्यहोरा,

(ख) सम्बन्धित कम्पनी वा अन्य कम्पनीको शेयर वा डिबेञ्चरमा सञ्चालकमा बहाल रहँदाका बखत निजको हक वा स्वार्थ रहेको प्रत्येक वर्गको शेयर संख्या र प्रत्येक वर्गको डिबेञ्चरको रकमको विवरण ।

(२) देहायको अवस्था उत्पन्न भएमा कम्पनीको सञ्चालकले आपूm सञ्चालक रहेको कम्पनीलाई त्यस्तो अवस्था भएको आपूmलाई जानकारी भएको पन्ध्र दिनभित्र लिखित रुपमा जानकारी दिनु पर्नेछः-

(क) कुनै कारणबाट निजले आपूm सञ्चालक रहेको कम्पनी वा सो कम्पनीको सहायक वा मुख्य कम्पनी वा मुख्य कम्पनीको अन्य सहायक कम्पनीको शेयर वा डिबेञ्चरमा हक प्राप्त गर्ने भएमा वा निजको हक समाप्त हुने भएमा,

(ख) निजको नाममा रहेको खण्ड (क) बमोजिमको शेयर वा डिबेञ्चर बेच्नका लागि निजले कुनै सम्झौता गरेमा,

(ग) आफू सञ्चालक रहेको कम्पनीले त्यस्तो कम्पनीको शेयर वा डिबेञ्चर खरिद गर्न प्रदान गरेको अधिकार अन्य कसैलाई हस्तान्तरण गरेमा,

(घ) आफू सञ्चालक रहेको कम्पनीको सहायक वा मुख्य कम्पनी वा त्यस्तो कम्पनीको सहायक कम्पनी वा मुख्य कम्पनीको अन्य सहायक कम्पनीले त्यस्तो कम्पनीको शेयर वा डिबेञ्चर खरिद गर्न अधिकार दिएमा,

(ङ) खण्ड (घ) बमोजिमको कम्पनीको शेयर वा डिबेञ्चर खरिद गर्न पाउने अधिकार निजले अरु कसैलाई हस्तान्तरण गरेमा ।

(३) उपदफा (२) बमोजिम कम्पनीलाई जानकारी पठाउँदा शेयर वा डिबेञ्चरको संख्या, सोको रकम तथा वर्गसमेत स्पष्ट खुलाई पठाउनु पर्नेछ ।

(४) उपदफा (२) र (३) बमोजिम प्राप्त जानकारी अभिलेख गर्नको लागि कम्पनीले एउटा छुट्टै दर्ताकिताब खडा गर्नु पर्नेछ ।

(५) यस दफामा लेखिएको व्यवस्था सञ्चालकको नजिकको नातेदारको सम्बन्धमा समेत सञ्चालकसरह नै लागू हुनेछ ।

Share this Law

९४. सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.