५५. शेयर डिबेञ्चरमा हकदार मानिनेः
कम्पनीले जारी गरेको शेयर वा डिबेञ्चरको स्वामित्वको विषयमा विवाद उत्पन्न भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक कम्पनीले खडा गरेको शेयर वा डिबेञ्चरको दर्ताकिताबमा जसको नाम दर्ता भएको छ निज नै त्यस्तो शेयर वा डिबेञ्चरको हकदार भएको मानिनेछ ।