४५. शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्थाः

Estimated reading: 0 minutes 400 views

कुनै शेयरधनी वा डिबेञ्चरवाला मरी वा निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयर वा डिबेञ्चरमा प्रचलित कानूनबमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुद प्रमाण साथ त्यसरी हक प्राप्त गर्ने वा हक कायम भई आएको व्यक्तिले तोकिएबमोजिमको ढाँचामा तोकिएको दस्तुरसहित कम्पनीमा निवेदन दिएमा कम्पनीले त्यस्तो शेयर वा डिबेञ्चर निजको नाममा दाखिल खारेज गरिदिनु पर्नेछ ।

तर त्यसरी हक कायम भई आएको हकवालाको नाममा शेयर हस्तान्तरण भई नसकेको भए तापनि साविक शेयरधनीको नामको शेयर तथा सोसम्बन्धी निजको अन्य हकको हस्तान्तरणको लिखत प्रचलित कानूनबमोजिम कायम हुन आएको निजको हकदारले गरिदिएको भएमा त्यस्तो हकवालाको नाममा सो शेयर हस्तान्तरण भई सकेको मानी त्यस्तो हस्तान्तरण रीतपूर्वक भएको मानिनेछ ।

Share this Law

४५. शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्थाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.