४४. शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिनेः

Estimated reading: 1 minute 356 views

(१) दफा ४२ वा ४३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कम्पनीले शेयर धितोबन्धक राखिएको कुरा दर्ताकिताबमा जनाउन वा खरिद बिक्री भएकोमा शेयर वा डिबेञ्चरको दाखिल खारेज गरी दिन इन्कार गर्न सक्नेछः-

(क) शेयरबापतको माग रकम भुक्तान नगरिएको भएमा,

(ख) दाखिल खारेज गर्दा कम्पनीको नियमावली वा शेयरधनीहरुबीच भएको सम्झौताको विपरीत हुने भएमा,

(ग) हस्तान्तरण दस्तुर निवेदन साथ पेश हुन नआएमा ।

(२) उपदफा (१) बमोजिम शेयर वा डिबेञ्चर धितोबन्धक रहेको कुरा दर्ताकिताबमा जनाउन वा शेयर वा डिबेञ्चर दाखिल खारेज गर्न इन्कार गर्दा कम्पनीले निवेदन परेको मितिले पन्ध्र दिनभित्र त्यसको सूचना शेयर वा डिबेञ्चर धितोबन्धक वा खरिद बिक्री गरी लिने दिने दुवैलाई दिनु पर्नेछ।

Share this Law

४४. शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.