३७. डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्नेः

Estimated reading: 1 minute 396 views

डिबेञ्चर ट्रष्टीले डिबेञ्चर ट्रष्टीको रुपमा काम गर्न कम्पनीसँग सम्झौता गर्नुअघि देहायका विषयमा आवश्यक जाँचबुझ गर्न र विवरण, सूचना वा जानकारी लिन वा माग गर्न सक्नेछ र त्यसरी माग भएमा सम्बन्धित कम्पनीले सो उपलब्ध गराउनु पर्नेछः-

(क) कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा ऋण वा डिबेञ्चर उठाउन सक्ने व्यवस्था छ वा छैन र त्यस्तो व्यवस्था भएमा त्यसरी डिबेञ्चर उठाउने निर्णय गर्न सक्ने अधिकार सो कम्पनीको सञ्चालक समितिलाई छ वा छैन,

(ख) कम्पनीको प्रबन्धपत्र वा नियमावलीबमोजिम डिबेञ्चर ट्रष्टीमार्पmत डिबेञ्चर उठाउन सक्ने व्यवस्था छ वा छैन,

(ग) कम्पनीको मौजुदा जायजेथाले उठाउने डिबेञ्चरको मूल्य खाम्न सक्ने स्थिति छ वा छैन,

(घ) कम्पनीका अन्य साहू तथा दायित्वहरूसम्बन्धी विषय,

(ङ) कम्पनीको वासलात तथा लेखापरीक्षकको प्रतिवेदन,

(च) डिबेञ्चर ट्रष्टीले उपयुक्त ठानेको अन्य आवश्यक विषय ।

Share this Law

३७. डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.