२७. शेयरको अङ्कित मूल्य र दरखास्तः

Estimated reading: 0 minutes 399 views

(१) प्राइभेट कम्पनीको शेयरको अङ्कित मूल्य नियमावलीमा तोकेबमोजिम हुनेछ ।

(२) पब्लिक कम्पनीको शेयरको अङ्कित मूल्य प्रति शेयर पचास रुपैयाँ वा दश अङ्कले भाग जाने सोभन्दा बढी अङ्कले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुनेछ ।

(३) पब्लिक कम्पनीले शेयर खरिदको लागि दरखास्त आव्हान गर्दा प्रति शेयरको अङ्कित मूल्यको पचास प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्नु हुँदैन । तर कम्तीमा तीन वर्षअघिदेखि सञ्चालनमा रहेका कम्पनीले विवरणपत्र प्रकाशन गर्दा आफ्नो अघिल्लो तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण प्रकाशन गरी पूँजी उठाउँदा यो व्यवस्था लागू हुने छैन ।

(४) पब्लिक कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्तिले तोकिएबमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।

Share this Law

२७. शेयरको अङ्कित मूल्य र दरखास्तः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.