१२. केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्नेः

Estimated reading: 0 minutes 377 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्किङ्ग कारोबार, वित्तीय कारोबार, बीमा व्यवसायसम्बन्धी कारोबार, धितोपत्र बजारसम्बन्धी व्यवसाय, निवृत्तभरण कोष वा सामूहिक बचत कोष (म्युच्युअल फण्ड) सञ्चालन गर्ने कम्पनी, [1]पाँच करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी वा तोकिएबमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रुपमा संस्थापना हुनु पर्नेछ । [2]हाल दर्ता भएका प्राईभेट कम्पनीहरूले दुई वर्षभित्र यस दफा बमोजिम पब्लिक कम्पनीमा परिणत भइसक्नु पर्नेछ।

[1] पहिलो संशोधनद्वारा थप।

[2] पहिलो संशोधनद्वारा थप।

Share this Law

१२. केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.