५. कम्पनी दर्ता गर्नु पर्नेः

Estimated reading: 0 minutes 440 views

(१) दफा ४ बमोजिम कम्पनी संस्थापना गर्न निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी निवेदन परेको मितिले [1]सात दिनभित्र तोकिएको दस्तुर लिई त्यस्तो कम्पनी दर्ता गरी तोकिएबमोजिमको ढाँचामा निवेदकलाई कम्पनी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।[2] तोकिएको समयभित्र दर्ता नभएमा कार्यालयले प्रस्तावित कम्पनीलाई तीन दिनभित्र कारण सहितको जानकारी दिनुपर्ने छ।

[3](१क) निवेदन तथा प्रमाणपत्र सम्बन्धी कागजातहरू प्रमाणीकरण गर्दा विद्युतीय हस्ताक्षरसमेत मान्य हुनेछ र कागजातहरू विद्युतीय माध्यमबाट प्रस्तुत गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम कम्पनी दर्ता भएपछि कम्पनी संस्थापना भएको मानिनेछ ।

(३) उपदफा (१) को प्रयोजनको निमित्त तोकिएबमोजिमको ढाँचामा कार्यालयले कम्पनी दर्ताकिताब राख्नेछ ।

(४) यस दफाबमोजिम कम्पनी संस्थापना भएपछि यस ऐनको अधीनमा रही प्रबन्धपत्र र नियमावलीमा लेखिएका कुराहरू कम्पनी र यसका प्रत्येक शेयरधनी तथा शेयरधनीहरूबीच एक आपसमा भएको छुट्टाछुट्टै सम्झौतामा गरिएको व्यवस्थासरह कम्पनी र यसका शेयरधनीहरूलाई बन्धनकारी हुनेछन् ।

(५) यस ऐनबमोजिम कम्पनी दर्ता नगरी कुनै व्यक्तिले कम्पनी शब्दको प्रयोग गरी कुनै फर्म वा संस्थाको नामबाट कुनै पनि किसिमको कारोबार गर्न पाउने छैन ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

[2] पहिलो संशोधनद्वारा थप।

[3] पहिलो संशोधनद्वारा थप।

Share this Law

५. कम्पनी दर्ता गर्नु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.