१) बैङ्क वा वित्तीय संस्थाले आफ्नो वासलात, नाफा-नोक्सान हिसाब लगायतका वार्षिक वित्तीय विवरण राष्ट्र बैङ्कले तोकेको ढाँचा र तरिका अनुसार तयार गरी आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र बाह्य लेखापरीक्षण गराउनु पर्नेछ । त्यस्तो वित्तीय विवरणमा कम्तीमा दुईजना सञ्चालक, कार्यकारी प्रमुख र लेखापरीक्षकको सही भएको हुनु पर्नेछ ।

तर राष्ट्र बैङ्कको स्वीकृति लिई बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालयको लेखापरीक्षण सम्बन्धमा राष्ट्र बैङ्कले तोके बमोजिम हुनेछ ।

२) उपदफा (१) बमोजिमको अवधिभित्र लेखापरीक्षण गराउन नसक्ने बैङ्क वा वित्तीय संस्थाले मनासिब कारण खोली लेखापरीक्षण गराउने म्याद थपको लागि अनुरोध गरेमा राष्ट्र बैङ्कले बढीमा दुई महिनाको अवधि थप गर्न सक्नेछ ।

३) बाह्य लेखापरीक्षकले आफूले गरेको लेखापरीक्षणको प्रतिवेदन सम्बन्धित बैङ्क वा वित्तीय संस्था र राष्ट्र बैङ्कमा दिनु पर्नेछ ।

Share this Law

दफा ६२ः लेखापरीक्षण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.