दफा ३०ः कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 425 views

१) कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ;

(क) प्रबन्धपत्र र नियमावलीको अधीनमा रही सञ्चालक समितिबाट प्रदत्त अधिकार प्रयोग गर्ने, सञ्चालक समितिको निर्णय लागू गर्ने र बैङ्क वा वित्तीय संस्थाको काम कारबाही तथा कारोबारको रेखदेख तथा नियन्त्रण गर्ने,

(ख) बैङ्क वा वित्तीय संस्थाको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि सञ्चालक समिति समक्ष पेश गर्ने,

(ग) बैङ्क वा वित्तीय संस्थाको कर्मचारी विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने,

(घ) साधारण सभाद्वारा गरिएका निर्णय कार्यान्वयन गर्ने, गराउने,

(ङ) यस ऐन र राष्ट्र बैङ्कको निर्देशन अनुरूप संस्था सञ्चालन गर्ने र बैङ्क वा वित्तीय संस्थाको प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने,

(च) यस ऐन, राष्ट्र बैङ्कको निर्देशन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाले राष्ट्र बैङ्क वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि यथासमयमा पेश गर्ने,

(छ) निक्षेपकर्ता, शेयरधनी तथा बैङ्क वा वित्तीय संस्थाको उच्चतम हित हुने गरी सञ्चालन गर्ने,

(ज) सञ्चालक समितिले निर्धारण गरेको नीति अन्तर्गत रही उच्च व्यवस्थापनको लागि उचित मापदण्ड लागू गर्ने ।

२) कार्यकारी प्रमुख आफ्नो कामको निमित्त सञ्चालक समितिप्रति उत्तरदायी हुनेछ ।

Share this Law

दफा ३०ः कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.