दफा ८२ः लिक्विडेटरको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 370 views

(१) बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीको काम कारबाही प्रारम्भ गर्ने प्रयोजनको लागि नियुक्त लिक्विडेटरले आफू नियुक्त भए पछि देहाय बमोजिमको काम कारबाही गर्नु पर्नेछ ;

(क) नियुक्ति भएको पन्ध्र दिनभित्र बैङ्क वा वित्तीय संस्थाका शेयरधनीहरु तथा सम्बन्धित व्यक्तिहरूको जानकारीका लागि राष्ट्रियस्तरको कुनै नेपाली र अंग्रेजी भाषाको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने,

(ख) नियुक्ति भएको पन्ध्र दिनभित्र बाध्यात्मक खारेजी सम्बन्धी आदेशको प्रमाणित प्रति संलग्न गरी जानकारीको लागि कम्पनी रजिष्ट्रारको कार्यालय र निक्षेप सुरक्षण गर्न प्रचलित कानुन बमोजिम स्थापित भएको संस्थामा पठाउने,

(ग) बैङ्क वा वित्तीय संस्थाको कारोबार हुने मुख्य स्थान तथा सोको प्रत्येक कार्यालयमा सबैले देख्ने ठाउँमा त्यस्तो आदेशको सूचना टाँस गर्ने, गराउने,

(घ) नियुक्ति भएपछि प्रत्येक साता कम्तीमा एक पटकका दरले चार सातासम्म राष्ट्रियस्तरमा प्रसारण हुने एक टेलिभिजन तथा एक रेडियोमा सोको सूचना प्रसारण गर्ने,

(ङ) राष्ट्र बैङ्कले तोकेको अन्य कार्य गर्ने ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिम सूचना प्राप्त गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले त्यस्तो बैङ्क वा वित्तीय संस्थासँग सम्बन्धित दर्ता किताबमा बाध्यात्मक खारेजीको कार्य प्रारम्भ गर्ने आदेश भएको व्यहोरा जनाउनु पर्नेछ ।

(३) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त राष्ट्र बैङ्कको निर्देशनको अधीनमा रही लिक्विडेटरको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाको कार्यालय, खाता बही, लेखा, अभिलेख तथा जायजेथाको जिम्मा लिने,

(ख) बैङ्क वा वित्तीय संस्था सञ्चालन तथा व्यवस्थापनका अत्यावश्यक नियमित कार्य गर्ने,

(ग) बैङ्क वा वित्तीय संस्थाको तर्फबाट र सोको नाममा गर्नुपर्ने सम्पूर्ण काम गर्ने, गराउने,

(घ) आफ्नो कार्य सम्पादनमा सहयोग पुर्‍याउनका लागि कर्मचारी नियुक्त गर्ने,

(ङ) बैङ्क वा वित्तीय संस्थाको सञ्चालन, व्यवस्थापन तथा खारेजीको काम कारबाही गर्न आवश्यक खर्च गर्ने,

(च) निक्षेप सुरक्षण गर्न प्रचलित कानुन बमोजिम स्थापित संस्थासँग समन्वय गर्ने,

(छ) बैङ्क वा वित्तीय संस्थाको शेयरधनी, साधारण सभा, सञ्चालक समिति तथा पदाधिकारीले प्रयोग गर्ने सम्पूर्ण अधिकार प्रयोग गर्ने,

(ज) बैङ्क वा वित्तीय संस्थाको व्यवसाय र वित्तीय अवस्थाको जाँचबुझ गर्ने,

(झ) राष्ट्र बैङ्कको स्वीकृति लिई बैङ्क वा वित्तीय संस्थाको सम्पूर्ण वा आंशिक सम्पत्ति तथा दायित्व अर्को बैङ्क वा वित्तीय संस्थामा गाभ्ने वा हस्तान्तरण गर्ने,

(ञ) बैङ्क वा वित्तीय संस्थाको जायजेथा सुरक्षण राखी ऋण प्राप्त गर्ने,

(ट) कुनै सम्पत्ति बेचबिखन गर्दा वा कुनै करार वा दायित्व अन्त्य गर्दा बैङ्क वा वित्तीय संस्थालाई फाइदा हुन्छ भन्ने लागेमा त्यस्तो सम्पत्ति बेचबिखन गर्ने वा त्यस्तो करार वा दायित्वको अन्त्य गर्ने,

(ठ) आवश्यकता अनुसार आफ्नो काममा सहयोग पुर्‍याउन व्यावसायिक तथा योग्य व्यक्तिको सेवा लिने,

(ड) बैङ्क वा वित्तीय संस्थाको कुनै साहु वा ऋणीसँग आवश्यक छलफल र मिलापत्र गर्ने,

(ढ) बैङ्क वा वित्तीय संस्थाको जायजेथा सड्ढलन गर्ने, संरक्षण गर्ने, बिक्री गर्ने र यस ऐन बमोजिम वितरण गर्ने,

(ण) सञ्चालक, पदाधिकारी, कर्मचारी वा कुनै व्यक्तिले बैङ्क वा वित्तीय संस्था वा निक्षेपकर्ता वा साहूहरूलाई जालसाजी, ठगी वा झुक्याउने कार्य गरे नगरेको बारेमा जाँचबुझ गर्ने र त्यस्ता व्यक्तिको विरुद्धमा आवश्यक कानुनी कारबाही चलाउने वा बैङ्क वा वित्तीय संस्थाको तर्फबाट कुनै मुद्दा वा कुनै कानुनी कारबाही चलाउने वा त्यसको प्रतिरक्षा गर्ने,

(त) बैङ्क वा वित्तीय संस्थाको कुनै सम्पत्ति कसैले प्रयोग गरेको भए सो फिर्ता लिने वा त्यस्तो सम्पत्ति वा बदर भएको कारोबारबाट रकम फिर्ता लिन कानुनी कारबाही चलाउने,

(थ) प्रत्येक तीन महिनामा राष्ट्र बैङ्कले निर्धारण गरेको ढाँचामा खारेजीका सम्बन्धमा भएको कारबाहीको प्रतिवेदन तयार गरी अदालत र राष्ट्र बैङ्कमा पेश गर्ने,

(द) बैङ्क वा वित्तीय संस्था खारेज गर्न आवश्यक अन्य सबै काम कारबाही गर्ने, गराउने,

(ध) राष्ट्र बैङ्कले तोकेको अन्य कार्य गर्ने ।

४) लिक्विडेटरले यस परिच्छेद बमोजिम कुनै अधिकार प्रयोग गर्दा वा कर्तव्य पालना गर्दा कुनै बाधा उत्पन्न हुन आएमा सोको फुकुवा गर्नका लागि निजले अदालतमा निवेदन दिन सक्नेछ ।

५) उपदफा (४) बमोजिम पेश हुन आएको निवेदनमा उल्लिखित कारण मनासिब देखिएमा अदालतले उपयुक्त आदेश दिन सक्नेछ ।

Share this Law

दफा ८२ः लिक्विडेटरको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.